भक्तपुरमा पनि दाउरा बिक्री सुरु

इनेप्लिज २०७२ मंसिर २ गते १४:३२ मा प्रकाशित

Daura1-624x336भक्तपुर, २ मङ्सिर । मध्यपुरथिमि नगरपालिकाको पहलमा आजदेखि द टिम्बर कर्पोरेसन अफ नेपालले मध्यपुरथिमिमा आजदेखि दाउरा बिक्री सुरु गरेको छ ।

काठमाडौँ र ललितपुरमा दाउरा वितरण गरेपनि भक्तपुरमा यसअघि दाउरा वितरण नगरेपछि मध्यपुर थिमि नगरपालिकाको प्रयासमा भक्तपुरका बासिन्दाका लागि दाउरा वितरण सुरु भएको हो ।

कर्पोरेसनले खाना पकाउने ग्यास नपाएको अवस्थामा भक्तपुरका बासिन्दालाई इन्धन अभाव टार्न दाउरा वितरण सुरु गरेको हो । आज थिमिका २५० परिवारलाई कुपन दिएर दाउरा वितरण गरेको छ । कर्पोरेसनले प्रतिपरिवार १०० किलो दाउरा प्रतिकिलो रु १५ र संस्थालाई ५०० किलोसम्म प्रतिकिलो रु १७ का दरले बिक्री गरेको छ ।

प्रतिक्रिया