शनिबार, साउन ९ २०७८
काठमाडौं २३:४५
वासिङटन डिसी 14:00

गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड – २०१५ को घोषणा

इनेप्लिज २०७२ मंसिर २ गते ११:४८ मा प्रकाशित

FotoFlexer_Photo

देशभरका खाध्य प्रविधिका स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुइ जना लाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्डको घोषणा गोविन्द बल्लभ पन्त मेमोरिअल ट्रष्टले गरेको छ |

जस अनुसार त्रिभुवन बिश्वबिध्यालयका शुशिल कोइराला ,क्षेत्रिय बिज्ञान तथा प्रबिधि क्याम्पस ,पोखरा तथा पुर्वान्चल बिश्वबिध्यालय अन्तर्गत रहेका राजु कुँवर ,कलेज अफ फुड एंड डेरी टेक्नोलोजी काठमाडौँलाई प्रदान गरिने भएको छ l

ट्रष्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा ) संगको सहकार्यमा सन् २०१२ देखि प्रत्येक वर्ष नगद पुरस्कार सहित यो अवार्ड वितरण गर्दछ | नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा)को दोस्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा सन् २०१२ मा उनका देश बिदेशमा रहेका खाध्य बैज्ञानिक तथा प्राविधिज्ञ सहकर्मीहरुले यो ट्रष्ट स्थापना गरेका हुन् ।

वैतडी जिल्लामा जन्मिएका पन्तले धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट बि.टेक.अध्ययन गरेका थिए । उनको ०६८ सालमा असामयिक निधन भएको थियो । ट्रष्टले निकट भबिश्यमा नै यो अवार्ड एक बिशेष समारोह बीच काठमाडौँमा प्रदान गर्नेछ |

प्रतिक्रिया