शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:२३
वासिङटन डिसी 17:38

नेपालमा सेवा गर्दै आएकी अमेरिकी युवती म्यागी डोयन बनिन् ‘सिएनन हिरो २०१५’

इनेप्लिज २०७२ मंसिर २ गते ५:३७ मा प्रकाशित

CNN-Hero-1000x0-650x365काठमाडौं, २ मंसिर । नेपालका बालबालिकाको सेवामा खटिएकी अमेरिकी युवती म्यागी डोयनले यस वर्षको सिएनएन हिरोको उपाधि जितेकी छिन् । मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित समारोहमा म्यागीलाई ‘सिएनएन हिरो २०१५’को विजेता घोषणा गरिएको हो । १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा म्यागीलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् । उनले नेपालमा बसेर विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छिन् । सीएनएन हिरो २०१५ घोषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया