एक महिना लामो रक्तदान

इनेप्लिज २०७२ मंसिर २ गते १:४२ मा प्रकाशित

raktadaanकाठमाडौँ, १ मङ्सिर । भारतले गरेको नाकाबन्दीले गर्दा उत्पन्न समस्यालाई थोरै भए पनि सहज होस् भन्दै महाबौद्ध रेडक्रस सोसाइटी र असन सेवा समितिले संयुक्त रुपमा एक महिना लामो रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

यो जस्तै मात्रै काठमाडौँको विशालबजार, वसन्तपुरलगायत स्थानमा यस्तो काम गरिरहेको ले जानकारी दिनुभयो ।

महाबौद्ध सोसाइटीले बाह्र दिनदेखि सुरु गरेको रक्तदान कार्यक्रम अहिलेसम्ममा ४० पिन्ट रगत सङ्कलन गरी रक्तसञ्चार केन्द्रलाई दिइसकेको काठमाडौँ जिल्ला स्वास्थ्य शाखा समितिका संयोजक कमल नकर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार रगत सङकलनका लागि यो अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म गर्न लागिएको कार्यक्रम हो ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक ५०० पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । रेडक्रस सोसाइटी काठमाडौँका पूर्वमन्त्री सङ्घरत्न शाक्यले रक्तदान गर्न मिल्ने सबैलाई दान गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया