नेजाले वेभसाईटमा कालो पोत्ने

इनेप्लिज २०७२ मंसिर १ गते २०:३२ मा प्रकाशित

नेजाले वेभसाईटमा कालो पोत्ने
वाल्टिमोर,नोभेम्वर १७/नेपाल अमेरिका पत्रकार संघ नेजाले भारतले नेपालमा गरेको नाकावन्दीका कारण उत्पन्न जटिल परिस्थितिको विरोध गर्दे यसमा अमेरिका भरि हुने कार्यक्रमहरुमा आफनो ऐक्यवद्धता रहने जनाएको छ । साथै विरोध स्वरुप नेजाले आफनो आधिकारिक फेसबुक पेज र वेभ साइटमा एक हप्तासम्म नेपालमा भारतीय हस्तक्षेपको विरोध गरौँ भन्ने कालो ब्यानरमार्फत विरोध जनाउन सुरु गरेको छ । नेजाका अध्यक्ष गौतम दाहालले जारी गरेका विज्ञप्तिमा मातृभूमी नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी र अन्य सबैखाले हस्तक्षेपको विरोधमा अमेरिकाबाट हुने सबै खाले प्रदर्शनी र जनसहभागितामा यस नेपाल अमेरिका पत्रकार संघ नेजा ऐक्यवद्धता जाहेर गर्दछ भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ -अमानवीय र अन्र्तराष्ट्रिय कानून विपरित गरिएको नाकावन्दीको विरोधमा अमेरिकामा हुने प्रदर्शनीमा नेजा पूर्ण ऐक्यवद्धता जनाउदै आफ्ना सबै सदस्य र मिडियाकर्मी साथीहरुलाई सहभागी भै दिन आग्रह गर्दछ ।

नेजाले जारी गरेको विज्ञप्ति:
भारतीय हस्तक्षेपको विरोधमा नेजाको ऐक्यवद्धता

मातृभूमी नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी र अन्य सबैखाले हस्तक्षेपको विरोधमा अमेरिकाबाट हुने सबै खाले प्रदर्शनी र जनसहभागितामा यस नेपाल अमेरिका पत्रकार संघ९नेजा ऐक्यवद्धता जाहेर गर्दछ । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको पारवहन अधिकार,अन्तर्राष्ट्रिय सन्धी सम्झौता र दूई देश बीचको घनिष्ठ सम्बन्धलाई समेत पूर्ण बेवास्ता गर्दै मानवीय संवेदना विपरित गएर भारतले नेपालमाथि लगाएको यो नाकाबन्दीको नेजा घोर भर्त्सना गर्दै अन्तर्राष्ट्रिय समुदायको समेत यसमा ध्यानाकर्षण गराउन चाहन्छ ।नेजा भारतलाई आफ्नो यो नाकाबन्दी तत्काल फिर्ता लिएर भू परिवेष्ठित मुलुकको पारवहन सम्बन्धी अधिकार,अन्तर्राष्ट्रिय कानुनको सम्मानका लागि आग्रह गर्दछ । सार्वभौम एवं स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिलामा भारतको सबैखाले हस्तक्षेपको हामी एकपटक पुनस् निन्दा र भर्त्सना गर्दै आज न्यूयोर्कम हुने विरोध प्रदर्शन र नोभेम्वर २२ तारिख वासिंगटन डिसीमा हुने प्रदर्शनीमा नेजा पूर्ण ऐक्यवद्धता जनाउदै आफ्ना सबै सदस्य र मिडियाकर्मी साथीहरुलाई सहभागी भै दिन आग्रह गर्दछ ।
साथै भारतीय हस्तक्षेपको विरोधमा नेजाले आफ्नो आधिकारिक फेसबुक पेज र वेभ साइटमा एक हप्तासम्म नेपालमा भारतीय हस्तक्षेपको विरोध गरौँ भन्ने कालो ब्यानरमार्फत विरोध जनाउन सुरु गरेको समेत सबैलाई अवगत गराइन्छ ।

गौतम दाहाल
अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ

प्रतिक्रिया