सिनेमा हलमा चोरीको प्रयास असफल, एक भारतीय पक्राउ

इनेप्लिज २०७२ मंसिर १ गते ४:५६ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), १ मङ्सिर । चितवनको सुविधायुक्त जलमा सिनेमाहलमा सिसी क्यामेराको तार चुँडालेर चोरीको असफल प्रयास भएको छ । एक भारतीय पक्राउ परेका छन् । सिसी क्यामेरामा सबै कुरा देखिन्छ भनेर उनले पहिले क्यामेराको तार चुँडालेका थिए ।

चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार गएराति करिब १२/१ बजेको समयमा यस्तो घटना भएको हो ।

सिनेमा हलमा राखिएको सिसी क्यामेराको तार काटी ढोकाको तालासमेत फोरेर चोरीको असफल प्रयास भएको अधिकारीले बताउनुभयो । सोही घटनामा हलको इलेक्ट्रिसिएन काम गर्ने एकजना भारतीय नागरिकलाई राति नै पक्राउ गरिएको छ ।

अधिकारीका अनुसार भारत उडिसा घर भई विगत एक वर्षदेखि चितवनमा बसेर इलेक्ट्रिसिएन काम गर्ने २० वर्षीय अर्जुनकुमार जेन क्षेत्री पक्राउ परेका हुन् ।

अनुसन्धान गर्दै जाँदा अन्य केही व्यक्तिसमेत परेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जलमा हलका सञ्चालकले काममा लगाइदिन्छु भनेर नलगाइदिएकाले आफूले यस्तो गरेको उनले प्रहरीलाई बयान दिएको जनाइएको छ ।

प्रतिक्रिया