बुधबार, साउन २० २०७८
काठमाडौं ०६:३६
वासिङटन डिसी 20:51

न्युयोर्कको “अफ–ब्रोडवे” मा पहिलो पटक नेपाली नाटक

इनेप्लिज २०७२ मंसिर १ गते ४:११ मा प्रकाशित

8आउंदो डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदैछ ।

NEPALPHOTONEWS.COM

NEPALPHOTONEWS.COMआइतबार न्युयोर्क शहरको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन मार्फत यससम्बन्धी जानकारी दिइयो ।

 

जोडियोस् भत्किएका मनहरु नामक नाटकका लेखक हुन् अशेष मल्ल ।

12नेपाली रंगमञ्चको इतिहास केलाउंदा अशेष मल्लका स्थान के हो भनी लेखिरहनै पर्दैन । नेपाली रंगमञ्चको स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भुकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् ।

7अशेष मल्ल जस्ता अग्रज कलाकारसंग जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती अर्थात हरिबहादुर थापा ।

1मालती–मङ्गले र अमरसिंह जस्ता प्रशिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका थापाले यस नाटकको निर्माण र निर्देशन गर्दैछन् । थापा विगत दुई महिनादेखि न्युयोर्कमै रहेका कलाकारहरुलाई लिएर यो नाटकको प्रशिक्षण दिइरहेका छन् । “मलाई न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने ठुलो रहर थियो , त्यो अब पुरा हुने संकेत देखिएको छ ,” थापा भन्छन् ।

10थापा नाटकको विषयवस्तु बारे यसो भन्छन्,“ नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो…….यह

 

यो हेर्न यहा क्लिक गर्नुहोस

प्रतिक्रिया