क्यानाडामा नेपाली मन्दिर स्थापना : हाम्रो खुशीको दिन शुरु

इनेप्लिज २०७२ कार्तिक ३० गते ४:५५ मा प्रकाशित

क्यानाडामा नेपालीहरुको आगमनको इतिहास त्यति लामो छैन । ५० को दशकदेखि नेपालीहरुको आगमन यहाँ हुन थालेको पाइन्छ । खासमा भन्ने हो भने दोस्रो युद्धपछि क्यानाडाका सैनिकहरुले बेलायती सेनामा रहेका र युद्धताका आप्mनो समकक्षी सहयोद्धा रहेका गोर्खा सैनिकहरुलाई विभिन्न मानवीय क्षेत्रमा सहयोग गर्न गोर्खा वेल्फेयर अपिल (क्यानाडा) स्थापना गरेका थिए । यही संस्थाका माध्यमबाट केही भुतपुर्व सैनिकहरुले क्यानाडाको भुमीमा पाईला टेक्ने मौका पाएका थिए । यहीबाट नेपाली (गोर्खाली) को आगमनको इतिहासको सीमारेखा तान्न सकिन्छ । त्यसपछि ६०को दशकदेखि नेपालीहरुहरुको आगमन क्यानाडामा हुन थालेको देखिन्छ । अहिलेसम्मको जानकारी अनुसार सन् १९६० मा दार्जिलिङ्गबाट आउनु भएका लादन दम्पत्तीलाई नै हामी क्यानाडा आउने पहिलो नेपालीका रुपमा लिन सक्छौं । नेपाल र क्यानाडाबीचको द्वत्व सम्बन्ध भएको पनि भर्खर ५० वर्ष भएको छ । यो पचास वर्षको द्वत्व सम्बन्ध र ५५ वर्षको नेपालीहरुको आगमनको इतिहासमा सही अर्थमा क्यानाडाका नेपालीहरुले हर्षको ज्योति बाल्ने दिन बल्ल आएको छ ।
नेपालीहरुको आगमनसँगै नेपाली समुदायका लागि संस्थाहरु खोल्ने कार्यको थालनी सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा – नेक (एन.ए.सी.) को स्थापना भएको थियो । यसै संस्थाका माध्यमबाट नेपालीहरुले आप्mनो परम्परागत चाँडपर्वको अवसरमा भेटघाट कार्यक्रमको आयोजना गराएर नेपाली समाजको संस्थागत विस्तार गराउन थालेको देखिन्छ । त्यसपछि त आजको मितिसम्म नेपाली संस्था च्याऊ उम्रेझै उम्री रहेको छ । आफ्नो नाम लेखाउनका लागि जिल्ला, जात र दलबाट अब संचारको नाममा पनि संस्थाहरु खोलि थालेका छन् र परम्परागत संस्कृति चन्दा उठाउने माध्यम बन्दै गई रहेको छ ।
क्यानाडामा नेपाली मन्दिरको स्थापना गर्ने कामको थालनी गर्न अगस्त २००४ मा पहिलो समुदयको बैठक बसेको थियो र त्यसैको प्रतिफल (पि.एन.सि.सि.) पशुपतिनाथ नेपाली क्यानेडियन कल्चरल सेन्टरको स्थापना भएको थियो । २००६ को तिजको अवसर पारेर पि.एन.सि.सि.ले मन्दिरको स्थापना पनि गरेको थियो । तर कारणवस् त्यो मन्दिरले निरन्तरता पाउन सकेन । त्यसपछि मन्दिर स्थापनाको प्रयासका लागि छलफल र बैठकहरु विशाल टोरोन्टोका पूर्व र पश्चिम दुवैतिरबाट शुरु भएको थियो । २०११ सालमा नेपाली बाबाको आगमन भएपछि मन्दिरको आवश्यकतामाथि छलफल भएको थियो । पश्चिमका मित्रहरुले पूर्वका मित्रहरुलाई पनि समेटेर जाने उदृेश्यका साथ २०११ सालको गणेश पूजाको प्रारम्भसँगै पहिलो बैठकमा पूर्व र पश्चिमका मित्रहरुले आआफ्नो गक्ष्य अनुसार आजिवन सदस्यताका लागि पाँचसयदेखि हजार डलर दिएर क्यानाडामा नेपाली मन्दिरको जग हाल्ने काम शुरु गरेका थिए । त्यसैको परिणम हो नेपाली क्यानेडियन हेरिटेज सेन्टर (एन.सी.एच.सी.) ।
आज १५ नोभेम्बर २०१५ मा एन.सी.एच.सी. ले एक समारोहका बीच एउटा ऐतिहासिक घोषणा गर्यो – नेपाली हेरिटेज सेन्टर अर्थात नेपाली मन्दिरको स्थापना । यो हामी विशाल टोरोन्टोवासी अझ भनौं क्यानेडियाली नेपालीहरुकै लागि गर्वको कुरा हो । यसका लागि समितिका सम्पूर्ण सदस्यहरु धन्यवादका पात्र हुन । उनीहरुले निष्ठाका साथ गरेको अथक परिश्रमको प्रतिफल हो यो मन्दिर ।
आज एक कार्यक्रमका बीच एन.सी.एच.सी.का अध्यक्ष विष्णु पराजुलीले मन्दिरको लागि १९१९ स्क्यायर फिटको सानो घरसमेतको जग्गा किन्ने तयारी लगभग समाप्त भएको जानकारी गराउनु भयो । उनका अनुसार अब एकहप्तापछि मिसिसाँगाको ७१२५ पेसिफिक सर्कलको युनिट नं. १७ को घर नेपालीहरुको आस्थाको केन्द्र बन्दै छ । यसका लागि कुल रकम २९५,००० मा एन.सी.एच.सी.ले १६०,००० उठाईसकेको छ भने विभिन्न मित्रहरुले १५,००० दिने बाँचा गरी सक्नु भएको छ र ८५,००० केही मित्रहरुले २ वार्षका लागि निव्र्याजी ऋण दिने भएका छन् । अब नपुग ४२,००० मा आजको बैठकबाटै लगभग १०,००० उठी सकेको छ भने मासिक १० डलरका दरले बैंकबाट कट्टा गर्नेहरुको संख्या ५२ बाट बढ्दै गईरहेको छ र यो संख्या १०० पुगेमा एन.सी.एच.सी. लाई मन्दिर संचालन गर्ने खर्चमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । अब बाँकी नपुग रकम व्याजमा लिने निर्णय एन.सी.एच.सी.ले गरीसकेको छ । यो व्याजका लागि पनि क्यानाडामा नेपालीहरुको संरक्षकका रुपमा परिचित नेपालका लागि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माले एक वर्षको व्याज तिरी दिने वाचासहित १०,००० सहयोग गर्नु भएको छ ।
२०१२ जुनमा क्यानाडाको केन्द्रिय विभागमा दर्ता भएको एन.सी.एच.सी. क्यानाडाभरीका नेपालीहरुको संस्था हो । २०१२ डिसेम्बरको पहिलो आईतबारदेखि प्रत्येक महिनाको पहिलो आईतबार एन.सी.एच.सी.ले गणेश पूजाको आयोजना गर्दै आईरहेको छ । यसका लागि केदार बस्नेत र प्रर्मीला बस्नेतले आफ्नो घरमा गणेश पूजाको आयोजना गर्दै आउनु भएको छ

प्रतिक्रिया