शनिबार, साउन १६ २०७८
काठमाडौं ०१:५१
वासिङटन डिसी 16:06

नाकाबन्दी बिरुद्ध डिसीमा बिरोध एकता योजना समिति गठन

इनेप्लिज २०७२ कार्तिक ३० गते ०:०६ मा प्रकाशित

तस्बिर : राजिव श्रेष्ठ 

IMG_4346भारतले गरेको नाकाबन्दी विरुद्ध सशक्त तथा योजनाबद्ध रुपमा अघोषित नाकाबन्दी बिरुद्ध आवाज उठाउने अभिप्रायले आज डिसी महानगर क्षेत्रमा बिभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम सेवकहरुको बसेको बैठकले महत्वपूर्ण निर्णय गर्नुका साथ डिसी बिरोध एकता योजना समिति गठन गरेको छ l

डिसी बिरोध एकता योजना समिति को पहलमा आगामी नोभेम्बर २२ तारिख वाशिंगटन डिसी स्थित व्हाइट हाउस अगाडि व्यापक बिरोध प्रदर्सनी गर्ने निर्णय भएको छ l

चार घण्टा सम्म बसेको बिशेष भेलामा १० बुँदामा केन्द्रित भै छलफल हुनुका साथै सर्बसम्मती तथा पूर्ण प्रजातान्त्रिक रुपले सबै १० बुँदा लाई पारित भेलाले गरेको उक्त समितिका सदस्य तथा मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीका नगर उपप्रमुख किरण सिटौलाले बताए l

IMG_4343आज भएको भेलामा डिसी महानगर क्षेत्रका ३५ जना विभिन्न संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुको उपस्थितिमा उप समिति समेत निर्माण गरि नाकाबन्दी बिरुद्ध बिबिध कामको जिम्मेबार प्रदान गरिएको छ l

नेपालमा रहेका नेपालीहरुले भोगी रहेका अघोषित नाकाबन्दीले दुख र पिडा पाई रहेका नेपालीहरुको लागि भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन बिपरित रहेकोले त्यो खोल्न दबाब दिने तथा भारतीय सरकार प्रति एक जुट भै बिरोध जनाउने भएको छ l

IMG_4340यसको लागि अमेरिका भर रहेका सबै संघ/संस्था तथा सबैमा ऐक्यबद्दता जनाउन अनुरोधका साथ आगामी नोभेम्वर २२ तारिखमा ह्वाईट हाउस अगाडि बिरोध जुलुसमा सहभागी हुन् आग्रह समेत समितिले गरेको छ l

IMG_4345 IMG_4339 IMG_4347 IMG_4341 IMG_4342

प्रतिक्रिया