सभामुख ओनसरी घर्ती र ना.साको पूर्ब अधक्ष्य राजा घलेको हातबाट कल्पना आङ्बुहाङको ‘आमा –२’ को बिमोचन

इनेप्लिज २०७२ कार्तिक २९ गते २३:२५ मा प्रकाशित

IMG_5725काठमाडौं । गीतकार कल्पना आङबुहाङको एकल रचनामा रहेको म्युजिक भिडियो संग्रह ‘आमा–२’ मंगलवार भव्य समारोहबीच सार्वजनिक भएको छ ।

IMG_5722एल्वम ‘आमा–२’ लाई पहिलो महिला सभामुख ओनसरी घर्ती मगर र ना.साको पूर्ब अधक्ष्य राजा घलेले राजधानीको बागवजारस्थित होटल हार्दिकमा आयोजित भव्य समारोहबीच विमोचन गर्नुभएको हो । एल्वम विमोचन गर्दै सभामुख घर्तीले ‘आमा–२’ एल्वमले मनोरञ्जनमुलक साथै सन्देश मुलक रहेको बताउनुभयो ।

IMG_5721यस्तै कार्यक्रमका विशेष अतिथि नेप्लीज एशोशिएशन ईन साउथ ईस्ट अमेरिकाको पहिलो निर्वाचित अध्यक्ष तथा एभरेस्ट ईन्टरटेनमेन्ट ईन्कका अध्यक्ष राजा घलेले पनि गीतकार आङ्बुहाङको प्रयाशको प्रशंशा गर्दै एल्वमको सफलताको शुभकामना दिनुभयो ।

IMG_5719

यसभन्दा अघि ‘आमा’ एल्बम निकालेकी आङ्बुहाङले आफ्ना सम्पूर्ण कृतिहरु आमामा समर्पण गर्ने उद्देश्यले ‘आमा–२’ सार्वजनिक गर्नुभएको हो । एल्वम विमोचन समारोहमा गीतकार आङ्बुहाङले आफुले सृजनामार्फत सवै कुरा बोल्ने प्रयत्न गरेको बताउनुभयो । गीतकार आङ्बुहाङ हाल युकेमा रहनुहुन्छ । एल्वम विमोचन समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वसहित कला क्षेत्रमा संलग्न श्रष्टा र सर्जकहरुको बाक्लो उपस्थिति थियो ।

IMG_5716

IMG_5715‘आमा –२’ मा श्रेयसी चेम्जोङको स्वरमा ‘नरुनु आमा तिमीले धेरै, आँशु ताल बन्छ’, विदेशिनु मेरो रहर होइन’, ‘विनासकारी भुकम्प’, विक्रम लिम्बूको स्वरमा ‘शीरै मेरो टोपी’, रिमा गुरुङको स्वरमा ‘तिम्रो यादमा तड्पीदिन्छु’, राजेश पायल राई र जुना प्रसाईको स्वरमा ‘ताप्लेजुङको तोङ्बा दोकान’ आदि छन् भने कुशल थलङ, कृष्णभक्त राई, अशोक राई र स्वयं कल्पनाकै स्वरवद्ध गीतहरू पनि छन् ।

IMG_5726म्युजिक भिडियोसहित आउने गीतका सबै भिडियोहरू निर्देशक लोकेन साँवाले निर्देशन गरका हुन् । मेलिना मानन्धर, लक्ष्मी भुषाल, रामसिंह तुम्बाहाम्फे, श्रद्धा काम्बाङ, सक्षम मगर, सौजन्य सुब्बा, कल्याण राई, पुष्पा राई, गीता राई, विनोद श्रेष्ठ र विक्रम लिम्बूल म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रतिक्रिया