मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:२४
वासिङटन डिसी 19:39

कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २९ गते १३:१७ मा प्रकाशित

DSC_0173नोभेम्वर १४, २०१४

कोलोराडो, अमेरीका

कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर, लङमन्ट र अरोराको बिभिन्न स्थानमा देउसी भैलो खेल्ने कार्यक्रम सनीबार सम्पन्न भयो ।
कोलोराडोमा कृयासिल नेपाली घरको आयोजना तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपाल लगायत अन्य स्थानीय संघ संस्थाको सहयोगमा नेभेम्वर ११ देखि १४ सम्म देउसी भैलो खेलिएको हो ।

DSC_0157बिशेष गरि नया“ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीहरुको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको नेपाली घरका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले बताए । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृती पहिचाहन गराउने उनको दावी थियो ।

DSC_0153

यसरी देउसी भैलो खेलीएका स्थानहरुमा नोभेम्वर ११ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल, नोभेम्वर १२ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट, नोभेम्वर १३ सांझ अरोराको बिभिन्न स्थानमा र नोभेम्वर १४ सांझ बोल्डरको कोर्डहाउस अगाडी रहेको छ । देउसी भैलो कार्यक्रममा गायक महेश बुढाथोकी लगायत स्थानीय कलाकारहरुले आङ्खनो कला जोडदार प्रस्तुत गरेका थिए ।

DSC_0137देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित कतिपय आ–आनो जातीय पहिरनमा आएका थिए भने, छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

DSC_0075नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको स्थानीयलाई पहिचाहन गराउन गत बर्ष देखि बोल्डर डाउन टाउनमा देउसी भैलो खेल्न सुरm गरेको छ । संस्थाले नेपालीहरुको संस्कृती संरक्षण, पहिचाहन गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताउदै आएको छ ।

प्रतिक्रिया