अमेरिकामा किन जागिर हरपल खुकुरीको धारमा अडेको हुन्छ ?

इनेप्लिज २०७२ कार्तिक २९ गते १२:२१ मा प्रकाशित

bijay-2

हाकिमले गाउँको युवालाई सोधेछन ,जागिर खान्छौ ? भर्खर ढिडो खाएको हजुर ,खान्न यसरि युवाले उत्तर दिए l जागिरको अर्थ बारे अज्ञानता भएको कारण यसरि उनले जवाफ लगाए l चुटकिला या सत्य ? यस तर्फ नजादा नै उत्तम l नेपालमा मानिस कोहि र कसै संग पनि डराउदैनन् l न कानुन संग न जागिर संग l नेपालमा मानिस डराउने भनेको पत्नी संग l

सर्बोच्च अदालतले आदेस दिदा पनि मानिस टेर्दैनन l कानुनलाई टेरपुच्छर नलगाउनेले जागिर जाला भनि कल्पना पनि गर्दैन l राजनीति पहुचको कारण नोकरी बच्दछ l पहुच वालाले जागिर बचाउने गर्दछन l काममा जति सुकै थर्कमान गर्ने क्षमता भए पनि घरमा पत्नी संग चुईक्क पर्ने लाखौ बिर नेपाली छन् l

तर अमेरिकामा मानिस तीन कुरामा डराउने गर्छन l पहिलो कानुन l दोश्रो जागिर र तेश्रो पत्नी l केहि नबिराए र गैर कानुनी केहि नगरे अमेरिकामा कानुन संग डराउदैनन l दोश्रो ,सबै भन्दा खतरा जागिर l कति खेर के हुन्छ थाहा नै नहुने जिनिस जागिर l काल भन्दा पनि डरलाग्दो l आयो टप्प टिप्यो भने झैँ एकै क्षणमा जागिर स्वाहा l अमेरिकामा जागिर जहिले पनि धारिलो खुकुरीको धारमा अडेको हुन्छ l जागिर लाग्ने खुकुरीको टुप्पोमा बसेको हुन्छ l अलिकति भयो कि काटी हाल्ने खुकुरी जस्तै l

तेश्रो पत्नी संग पनि डराउने गर्दछन l कति खेर सम्बन्ध बिच्छेदको दरखास्त हाल्ने हो भनि त्राहीमाम भै रहने हुन्छ l अर्को ,सुनको अन्डा दिने भनेको नै धर्म पत्नी हुन्छन किनभने लोग्ने भन्दा स्वास्नीको कमाई ज्यादा हुन्छ l यसरि अमेरिकामा मानिस तीन चिज संग जीवन भर चिन्तन लिनु पर्ने देखिन्छ l एउटी गए अर्की ल्याउन सकिने ठान्ने हुनाले त्यसमा पनि त्यति ठुलो चिन्ता लिदैनन l

तर यी दुई मध्ये भयङ्कर र औसीको रात ल्याउने भनेको नै जागिर बाट हात धुनु परेको दिनलाई मानिन्छ l अमेरिकामा जागिर आँधी जस्ती गरेर आउदछ l भूमरी भन्दा कम हुदैन l जागिर जाने भनि पूर्व सूचना पनि आउदैन l मैले के भुल गरे भनि सोध्न पनि नपाईने हुन्छ l अमेरिकामा बिहान हासेर हिडेको मानिस साँझ पख निरास भएर घर फर्काउने अवस्थामा पुर्याउने चिजको नाम हो जागिर l अमेरिकामा ओठमा मुस्कान ल्याउने संज्ञा नै जागिर हो भने एकै क्षणमा लोप्रे ओठ बनाउन बाध्य गराउने चिजको अर्को नाम जागिर l

अमेरिकामा जागिर जीवन भर रहन्छ भन्ने भरोसा कहिले गरिदैन l जिन्दगि भर जागिर रहला भन्ने पनि आम मानिसले सोच्ने गर्दैनन् l जागिर जादा पनि कम्तिमा ६ महिना सम्म घर धान्ने नगद रकम आफु संग संचित हुनु पर्ने हुन्छ l अमेरिकमा परिवारले यसरि जीवन चलाई रहेका हुन्छन l जागिरको आशा गर्नु तर भर नपर्नु भने झैँ जागिरको पुरै भर पर्दा दुख पाईन्छ भनि संचित गर्ने चलन हुन्छ l अचानक व्यवस्थापनले के निर्णय गर्ने भन्ने नै हुदैन l जागिरमा बिहानी पख हासी खुसि बितायो साँझ पख रुन्चे अनुहार लिदै घर पुग्न बाध्य बनाउने चिजको नाम नै हो जागिर l धोकाको अर्को नाम नै हो जागिर l

अमेरिकाको परिवेसमा परिवार सदस्य बेसी भएको हुनाले परिवारमा ३ परिवारले कम्तिमा कमाउने र एक जनाको जागिर गए पनि दुई जनाले घर चलाउने परिपाटी हुन्छ l अमेरिकाको जागिरे जीवनमा घरका ३ जना सदस्य मध्ये १ जना सदस्यको जागिर खतरामा हुन्छ l कुनै पनि बेला एक सदस्यको जागिर गयो भन्दा अनौठौ मानिदैन l

मरेर काम सक्यो ,छुट्टि हुने बेलामा माफ गर ! भोलि देखि नआउनु है भनि दुई चार मिठो शब्द भन्दै बिदाबारी दिइन्छ l भर्खर गाडी किन्यो भोलि देखि जागिर चट l बर्षौ लगाएर घर बल्ल बल्ल किन्यो काम सकेर बिदा हुने बेलामा तिमिलाई भोलि देखि यहाँ काम छैन भनि सूचना दिइन्छ l कुनै पनि बेला जागिरबाट हात धुनु पर्ने अवस्था हुन्छ l जागिर जाना साथ थाप्लोको ऋण जस्ताको तस्तै l ऋण घट्ने सम्भावना नै हुदैन l

झन् सात्तो गएर तिर्नु पर्ने बिजक आएको आयैको गर्छ l यो गर्छु र उ गर्छु भन्यो पर्सि देखि जागिर हिड्यो l अमेरिकामा नेपाल जस्तो मागेर काम चलाउला भन्ने हुदैन l अमेरिकामा मामा ,काका ,ससुरा तथा भान्जा आदि ईत्यादीले काम गर्दैन l आफ्नै आमा र बाबाले पनि सापट दिदैनन l नातागोता जागिर गए बेपत्ता हुन्छन l सुको झार्दैनन l जागिरले आर्थिक आम्दानी न्युनतम भएको परिवारको बिल्लीबाठ बनाउने पनि गरेको हुन्छ l

अमेरिकामा जागिर पाउन पनि सरल र जागिर चट हुन् कति पनि समय लाग्दैन l जागिरको सुनिश्चिता हुदैन l लामो समय सम्म दिर्घकालिन भन्ने हुदैन l आर्थिक मन्दी को साथै अन्तरराष्ट्रिय स्तरमा आउने औसी पुर्णे जस्तो आर्थिक कारोबार मन्दीको कारण आर्थिक भुईचालो आउने हुनाले जागिरमा प्रतक्ष्य या अप्रतक्ष्य प्रभाव बनाई हुदा छदा को जागिर बाट हात धुनु पर्ने अवस्थामा पुगिन्छ l

अमेरिका जस्तो मुलुकमा जागिरको प्रत्याभूति कहिले हुदैन l एकै ठाउँमा जागिर खाई अवकास लिउला भने सोचाईले मेल खादैन l उमेर सम्म जागिर खाई निबृतिभरण प्राप्त गरुला भन्ने सपना पनि चंगा चैट भए झैँ जागिर खुस्कने हुनाले बडो संबेदनशील हुनु पर्ने अवस्थामा जीवनको पांग्रा अमेरिकामा चलाउनु पर्ने हुन्छ l जागिर हाम्रो बपौति हुदैन l एक पुस्ता बाट अर्को पुस्तामा स्थान्तरण हुदैन l

जागिर प्रति निर्धक्क हुनु ,ज्यादा आत्म बिश्वास हुनु , ढुक्क हुनु ,कानमा तेल हाल्नु ,जागिरको बिकल्प नखोज्ने ,काम गर्ने ठाउँमा के भै रहेको छ भन्ने कुरा कान ठाडो नपारे जागिरको खोजमा भौतारिनु ,यता र उति चहार्नु चाहर्नु बाहेक कुनै बिकल्प नहुने हुन्छ l जागिर कसरी बचाउने यसको लागि अग्रिम रुपमा पूर्व तयारी हुनु पर्ने हुन्छ l बेलामा बुद्धि नपुर्याए आफु र परिवारले दुख पाइने हुन्छ l किनभने अमेरिकामा जहिले पनि जागिर भनेको खुकुरीको धारमा अडेको हुन्छ l

प्रतिक्रिया