बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:१९
वासिङटन डिसी 16:34

आउनुहोस, भारतीय नाकाबन्दी विरुद्ध बिशाल रयाली तथा भेलामा सहभागी हुनुहोस

इनेप्लिज २०७२ कार्तिक २८ गते २३:४८ मा प्रकाशित

“आउनुहोस, भारतीय नाकाबन्दी विरुद्ध बिशाल रयाली तथा भेलामा सहभागी हुनुहोस “
आदरणीय अमेरिकाबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु ,
समस्त नेपाली समुदाय एबं संघ संस्थाका प्रतिनिधि, आमसंचार माध्यम , पत्रकार तथा शुभचिन्तकज्युहरु ,
विगत करिब दुइ महिना देखि हाम्रो मातृभूमि राष्ट्र नेपाल छिमेकी राष्ट्र भारतको अघोषित नाकाबन्दी बाट प्रभावित रहेको यहाँहरु सबैलाई अवगतै छ । भूपरिवेस्ठित मुलुकलाई संसारको कुनै पनि कानुनले नाकाबन्दी लगाउन नमिल्ने यथार्थ हुदाहुदै पनि नेपाल भारतको नाकाबन्दीको शिकार हुनुपरेको छ । अन्तर्राष्ट्रिय पारवाहन कानुन विपरित सार्वभौम सत्ता, स्वतन्त्रता र व्यापारसन्धि कानुनको खिलापमा जसरी नाकाबन्दी लगाइएको छ त्यो अत्यन्त निन्दनीय छ । केहि समय अघि नेपालमा गएको शक्तिशाली महाभूकम्पले पारेको प्राकृतिक बिपत्तिको असर सेलाउन नपाउदै छिमेकी मुलुक भारतले नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस अभावका कारण आम नागरिकहरुको दैनिक जनजीवन निकै कस्टकर बन्दै गैरहेको छ । भर्खरै सकिएको नेपालीहरुको महत्वपूर्ण चाडपर्व दशैँ र तिहार मनाउन पनि नाकाबन्दीकै कारण सर्वसाधारणहरुले निकै सास्ती ब्येहोर्नु परयो । यति लामो समय सम्म भैरहेको नाकाबन्दीले एकातिर अत्यावश्यक खाद्य तथा औषधि उपचार जस्तो संबेदनशील बस्तुहरुको अभावले मानविय संकट उत्पन्न हुदै गैरहेको छ भने अर्को तर्फ देशको अर्थतन्त्र दिनप्रतिदिन धराशायी हुदै गइरहेको छ ।
नेपाल एक सार्वभौम सम्पन्न स्वतन्त्र भूपरिवेष्टित राष्ट्र भएको र यसले अन्तरराष्ट्रिय कानुन अनुसार निर्वाद रूपमा पाउनुपर्ने पारवहन सुविधाको कदर गर्दै भारतले तत्काल नाकाबन्दी हटाओस भन्ने हामी सम्पूर्ण अमेरिकावासी नेपालीहरुको माग रहेको छ । नेपालीहरुको मानवअधिकार, सार्वभौमसत्ता, स्वतन्त्रता र पारवाहन अधिकार माथिको ठाडो हस्तक्षेपको हामी घोर भर्त्सना समेत गर्दछौं ।
भारतीय अघोषित नाकाबन्दीको बिरुद्ध अमेरिकामा रहेका विभिन्न नेपाली संघ-संस्थाहरूको संयुक्त आयोजनामा अमेरिकाको राजधानी वासिङटन डीसीमा हुनगैरहेको “बिशाल रयाली तथा विरोध कार्यक्रम”मा उपस्थितिका लागि यहाँहरू सवैमा हार्दिक आव्हान गर्दछौ।
कार्यक्रम:
मिति :: २२ नोभेम्बेर ,आइतबार, २०१५
समय : बिहान १०:०० बजे – अपरान्ह ३:०० बजे सम्म
स्थान : लाफायत पार्क (ह्वाईट हाउस अगाडि) , वासिङटन डीसी
“भारतीय नाकाबन्दी विरुद्ध , हाम्रो दबाब अभियान ”
प्रचार प्रसार समिति

प्रतिक्रिया