आइतबार, साउन १० २०७८
काठमाडौं ०४:४९
वासिङटन डिसी 19:04

नेवा: अर्गनाइजेशनद्वारा म्हः पूजा तथा नेपाल सम्बतको आयोजना

इनेप्लिज २०७२ कार्तिक २८ गते २२:४४ मा प्रकाशित

m14

अमेरिका, क्यालिफोर्निया २७ कार्तिक, नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले आज म्हः (आत्म) पूजाको आयोजना गरेको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

m9
प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनु भयो । एनआरएन आईसिसिका पूर्व सदस्य राजेन्द्र शिवाकोटीले नेवारी समुदायले मनाउने परम्परा अमेरिकामा सबैले सामूहिक रूपमा म्हःपूजा गरेको देख्न पाउँदा आफूलाई सारै खुसी लागेको र यो संस्कार नेपालमा समेत देख्न पाएमा आफू अझ खुसी हुने बताउनु भयो । अमेरिकामा दशैँ,तिहार, दिपावली, बुद्द जयन्ती जस्ता कार्यक्रमहरु सम्पूर्ण नेपालीहरुले सामुहिक रुपमा गरेको देख्न पाउँदा खुशीको अनुभूति आएको प्रतिक्रिया सभागीहरुले दिईरहेका थिए ।
लस एन्जल्समा भएको यस कार्यक्रममा दुईसय भन्दा बढी व्यक्तिहरूले नेवारी संस्कृति अनुसार म्हः पूजा गरेका थिए । कार्यक्रममा नेवारी खानाको समेत व्यवस्था गर्दा अमेरिकामा बसेर पनि नेपालको नेवारी भोजमा बसेको अनुभूति गर्न पाउदा आफुहरुलाई सारै खुसी लागेको

सहभागीहरुले बताइरहेका थिए ।

m

प्रतिक्रिया