छतबाट खस्दा मृत्यु

इनेप्लिज २०७२ कार्तिक २८ गते ११:४३ मा प्रकाशित

पाल्पा, २८ कात्तिक । तानसेन नगरपालिका–८ भगवतीटोलमा छतबाट खस्दा ६२वर्षीय मानबहादुर सिंजाली मगरको मृत्यु भएको छ ।

बन्दीपोखरा गाविसका मगरको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी उद्योग वाणिज्य सङ्घमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । सोही भवनको छतबाट खसेका थिए ।

प्रतिक्रिया