शनिबार, साउन १६ २०७८
काठमाडौं ०९:०३
वासिङटन डिसी 23:18

लेबनानमा आइएसको बम आक्रमणमा परी ४३ को मृत्यु, राष्ट्रिय सोकको घोषणा

इनेप्लिज २०७२ कार्तिक २७ गते ११:१३ मा प्रकाशित

beruit-bomb-attack-by-ISISबेरुत, २७ कात्तिक । शुक्रबार भएको बम हमलामा परी कम्तीमा पनि ४३ जनाको ज्यान गएको समाचार छ ।

सो आक्रमणमा परी अरु करिब २४० जना घाइते भएका छन् । बम शक्तिशाली रहेको र एकै समय पारी दुई वटा बम विस्फोट गराइएको थियो ।
उक्त हमलाको जिम्मेवारी मुस्लिम जिहादीहरुको समूह आइएसले लिएको पनि बताइएको छ । बुर्ज अल बारिजा नगरमा रहेको एक व्यस्त बजारमा सो विस्फोट भएको थियो ।

बम विस्फोटमा परी घाइतेभएका मध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । रेडक्रसले अस्पताल भर्ना भएकामध्ये कैयौँको अवस्था नाजुक रहेको जनाएको हो ।

सिया मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको भनिएको सो घटनाको जिम्मेवारी आइएसले लिएको छ । तर यस बारेमा सरकारले केही बताएको छैन ।

लेबनानमा भएको यो शक्तिशाली हमलाको जिम्मेवारी आइएसले पहिलो पटक लिएको हो । यसअघि लेबनानमा आइएसको प्रभाव रहेको बारेमा कुनै पनि चर्चा हुने गरेको थिएन ।

यति ठूलो सङ्ख्यामा नागरिक हताहति भएको लेबनानमा सरकारले शुक्रबारलाई शोकको घोषणा गरेको छ ।
प्रहरीले सो अक्रमणको खोजी व्यापक मात्रामा गरिरहेको छ । तर यस विषयमा उसले भने केही बताएको छैन ।

प्रतिक्रिया