आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:०२
वासिङटन डिसी 21:17

प्रधानमन्त्रीको तिहार (फोटो फिचर)

इनेप्लिज २०७२ कार्तिक २७ गते ११:०४ मा प्रकाशित

1काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा आज दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालबाट टीका थापेर आशीर्वाद लिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न प्रधानमन्त्रीले साइतको टीका ग्रहणगर्दै दुवै दिदीबहिनीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सेलरोटी खाएर तथा त्यहाँ उपस्थित आफन्तजन तथा सञ्चारकर्मीलाई रोटी, मिठाईलगायतका परिकार खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालीहरुको ठूलो चाड भाइटीका पर्व, दिदीभाइ र दाजुबहिनीको आत्मियता प्रकट गर्ने माध्यम हो भन्दै सबै दिदीभाइ र दाजुबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पारस्परिक शुभकामना, हार्दिकता, सम्मान र स्नेहमा बाँधिएको हाम्रो नेपाली समाजले संयुक्त परिवार प्रणालीको विकास गरेको र सबै जातजाती र भाषाभाषीलाई एकसूत्रमा बाँधेको उल्लेख गर्नुभयो ।

2“हाम्रा चाडपर्व समाजको बनावट, निर्माण र सुसम्बन्धलाई सुव्यवस्थित ढङ्गले अगाडि बढाउने कुरासँग सम्बन्ध रहिआएको छ, हाम्रा नातासम्बन्ध, पारिवारिक सम्बन्ध र अनेक प्रकारका चाडबाड उनीहरुको संस्कारसँग गासिएका सम्बन्धले प्रदान गरेका मानवीय भावना जोडिएकाले यसको महत्व बढेको छ, तीमध्ये तिहारको मुख्य दिन आज भाइटीका हो । नेपालीहरुले अहिलेको अप्ठेरो अवस्थामा पनि फूलको सुन्दरता र रमणीय मौसमको यो पर्वका अवसरमा म शुभकामना व्यक्त गर्दछु” –उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो ।

3

4

5

6

7

प्रतिक्रिया