केराको थाम बेचेरै आम्दानी

इनेप्लिज २०७२ कार्तिक २६ गते १:५५ मा प्रकाशित

bananaबर्दिवास, २६ कात्तिक । दीपावली पर्वको अवसरमा महोत्तरीका सर्वसाधारणले केराको थाम बेचेरै हजारौँ आम्दानी गरेका छन् ।

पर्वका अवसरमा बुधबार घर घरमा देवी लक्ष्मीको स्वागतका लागि द्वार बनाउने प्रयोजनमा केराको थाम नै बेचेर जिल्लाका बजारबाट सर्वसाधारणले हजारौँ आम्दानी गरेका हुन् ।

खासगरी बजार क्षेत्रका व्यापारिक प्रतिष्ठानले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा भएकाले दीपावली पर्वमा थामको कारोबार निकै हुने गरेको छ ।

जिल्लाको उत्तरवत्र्ती नगर बर्दिवास, पश्चिमवर्ती नगर गौशाला, व्यापारिक केन्द्रहरु रामगोपालपुर, सम्सी, मटिहानी, सीतापुर, लोहारपट्टि, पिपरा र जिल्ला सदरमुकाम जलेश्वरमा बिहानैदेखि केराका थाम बेच्ने र किन्नेको चहलपहल देखिएको थियो ।

पर्वका लागि रातिदेखि नै बयलगाडाबाट केराका थाम जलेश्वर बजार पु¥याएका डाम्हीमडैको रतबारा बस्तीका प्रकाश पासवानले आपूmले रु १२ हजारको थाम बेचिसकेको जानकारी दिनुभयो ।

त्यसैगरी पर्वका अवसरमा गौशाला, सीतापुर, मटिहानी, सम्सी, पिपरा, लोहारपट्टि, रामगोपालपुरसहितका बजार र जिल्ला सदरमुकाम जलेश्वरमा बुधबार बिहानै हजारौँ थाम बिक्री भएका महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

लक्ष्मीपूजाका दिन करिब रु १० लाख मूल्य बराबरको केराको थाम बिक्री भएका अनुमान गरिएको सङ्घका अध्यक्ष मोहनकुमार गुप्ताले बताउनुभयो । केराका थामको किनबेचका लागि मङ्गलबार साँझदेखि नै बजारमा चहलपहल देखिएको जलेश्वर–४ का सुधीर साहको भनाइ छ ।

थाम बिक्री गरेका किसानको यसपालिको दीपावली र छठ पर्व मनाउने खर्च केराको थामबाटै जुटाइएकोे बताएका छन् । दीपावली पर्वमा द्वार बनाउन कमसेकम दुईवटा थाम चाहिने र लक्ष्मीपूजाका दिन थाम प्रतिजोर ५०० सम्म बिक्री भएको किसानको भनाइ छ । जलेश्वरमा मात्रै तीन हजार केराका थाम बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव अजित चौधरीले बताउनुभयो ।

दीपावलीमा केराको थाम बेचेर पर्व खर्च जुटाएको बताउने किसानले छठमा घरी बेचेर राम्रो आम्दानी गरिने जनाएका छन् । तिहार रु २२ हजारको थाम बेचेको बताउने जिल्लाकै भङ्गाहा–३ का किसान सत्यनारायण यादवले अब छठ पर्वमा सूर्यलाई केराको घरी देखाइने परम्परा भएकाले यसको राम्रो व्यापार हुने बताउनुभयो ।

लामो बन्द र हडतालबीच अत्यावश्यक दैनिक प्रयोजनका सामानको अभाव खेपिरहेका केराखेती गरेका आपूmहरुलाई अहिले थामकै बिक्रीले पनि केही राहत दिएको किसानले बताएका छन् ।

प्रतिक्रिया