आइतबार, साउन १७ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 22:20

अमेरिकामा नेपालीले यसरि पसल उपहार पाए

इनेप्लिज २०७२ कार्तिक २६ गते ०:२५ मा प्रकाशित

salil 6नेपालको पूर्व झापा दमक घर भएका र हाल भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर )धनराशि बराबरको रकम छुट पाउदै सेवेन-ईलेवेन सहुलियत पसल प्राप्त गरेका छन l

आफना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसलमा आफुले रातो फित्ता काटी समुद्घाटन गरि सेवेन-ईलेवेन पसल व्यवस्थापनले उनलाई हस्तान्तरण गरेको छ l उक्त समुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क बिभिन्न खानेकुरा बितरण गरिएको थियो l झन्डै १ दशक देखि अमेरिका बस्दै आएका गौतम साढे चार बर्ष अमेरिकन सेना को तर्फ बाट ईराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए l

salil 7समुद्घाटन कार्यक्रममा अन्तत्वगत्वा पसल प्राप्त गर्न सफल भएकोमा हर्ष व्यक्त गर्दै आफु सेसापिक शहर परिवार सहित बसोबास गर्ने भएकोले नरफोक शहर नजदिक र पाहेक समेत परेकोले त्यही छनौट गरेको बताएका थिए l अमेरिकाको सेवेन-ईलेवेन सहुलियत पसलले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा सामाजिक संजाल अनुहार किताब अन्तर्गत भएको प्रतिस्प्रधामा गौतम उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए ।

salil 1उक्त रकम नगद नभै पसल स्वामित्व हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई तिर्नु पर्ने रकम भएको बताउदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नु पर्ने गौतमले बताए । अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरुमा सहुलियत पसलहरु संचालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन -ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् l

salil 2

salil 5

प्रतिक्रिया