शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:४२
वासिङटन डिसी 05:57

भारतको नाकाबन्दीकाबीच प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ओबामाले पठाए पत्र

इनेप्लिज २०७२ कार्तिक २५ गते २१:४१ मा प्रकाशित

Obama--650x558काठमाडौं, २५ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच अमेरिकी राष्ट्रपति बराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउनुभएको छ ।

पत्रमा प्रधानमन्त्री ओलीलाई बधाई सन्देश दिँदै राष्ट्रपति ओबामाले अमेरिका नेपालसँग दीर्घकालिन सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।

अमेरिकाले विगतदेखि नै नेपाललाई चाँहिने सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासका लागि दीर्घकालीन सहकार्य गर्न तयार रहेको उहाँले पठाएको पत्रमा उल्लेख छ । उहाँले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका ओलीलाई बधाई समेत दिनुभएको छ ।

राष्ट्रपति ओबामाको पत्र सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले बैशाख १२ को भूकम्पपछि गति लिइरहेका नेपाली जनतासँग अमेरिकी सरकार काँधमा काँध मिलाउँदै अघि बढ्ने समेत बताउनुभएको जनाएको छ । साथै नेपालको लोकतन्त्र संस्थागत गर्ने नयाँ संविधान कार्यान्वयनमा पनि अमेरिकाले सघाउने उल्लेख छ ।

सन्देशमा भनिएको छ-“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था(मिलेनियम च्यालेन्ज कर्पाेरेसन)लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।” उहाँले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गर्नुभयो ।

सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत अलाइना बी टेपलिजले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया