घरको तीन तला माथिबाट खसेर वृद्धको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २५ गते ५:०० मा प्रकाशित

चितवन, २५ कात्तिक । चितवनको दारेचोक गाविस वडा नं ४ स्थित मुग्लिन बजारमा आफ्नै घरको तीन तला माथिबाट खसेर एक वृद्धको आज ज्यान गएको छ ।

गएराति अत्यधिक मदिरा सेवन गरी घरको तीन तला माथि सुत्न गएका ७० वर्षीय क्षेत्रबहादुर थापाको आज बिहान मृत्यु भएको हो ।

माथिबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

यसैबीच आज चितवनको नारायणगढबाट प्रहरीले जुवा खेल्दै गरेका पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु दुई लाख ५० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया