शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:२७
वासिङटन डिसी 07:42

कोलोराडोमा दसैँ तिहार साँझ सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २४ गते १२:२९ मा प्रकाशित

n9 (1)बिआरटी नेपाल सम्बादाता, कोलोराडो- रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा दसैँ र तिहारको शुभकामना साँझ सम्पन भएको छ । आपसी सदभाब र शुभकामना आदनप्रदान गर्ने उद्देश्य अनुरूप आयोजित यस कार्यक्रममा प्रमुख आकर्षणको रूपमा सुगम सङ्गीतका सितारा राम कृष्ण ढकालको विशेष प्रस्तुति निकै आकर्षक र मनोरन्जनले भरिपूर्ण भएको थियो । उक्त कार्यक्रम कल्चरल सेक्रेटरी दिनेश कुमार कार्की, आकृति राई अधिकारी र प्रतिमा सापकोटाले सञ्चालन गरेका थिए । उल्लेखनीय नेपाली समुदायको उपस्थितिमा विविध सांस्कृतिक नृत्य र गायनले अझ रोचकता थपेको उक्त कार्यक्रममा एक खुट्टामा नाचेर रश्मी खरेलले सबैको मन जितेकी थिइन ।

smallसाथै नेपाली गायन क्षेत्रमा ख्याती कमाएकी गायिका उषा किरण अधिकारी, गायक तथा संगीतकार वसन्त लम्साल, मनोज काजी तुलाधर, दिनेश कुमार कार्की, सन्ध्या लम्साल, पल्लबी भुषाल समूहको स्वदेश गायन र उषाकिरण र वसन्त लम्सालको युगल गायन सशक्त रूपमा प्रस्तुत भएको थियो । साथै वाध्यबादन अन्तरगत तबलामा सुरेन्द्र महर्जन र विजय खालिन, गितारमा विजय अधिकारी र अनुपम राइ साथै टर्नर कोर्नेट्टले साथ दिनु भएको थियो । गीतकार मणी बस्नेतको प्रबासी मन गिती अल्बम गीतकार ज्ञानेन्द्र गदाल लगायत संस्थाका पदाधिकारीहरू तथा गायक राम कृष्ण ढकाल, कलाकार रश्मी खरेलबाट बिमोचन गरिएको थियो ।

b1युबु के सि र अम्बिका अधिकारीको दसैँ सम्बधी आकर्षक नाच साथै अश्मा बस्नेत, भावना बस्नेत र साधना बस्नेतको भैली गीतमा प्रस्तुत भएको नाचले पनि दर्शकलाई बाँध्न सफल भएका थिए । कार्यक्रममा राम कृष्ण ढकालले पहिलो चरणमा ट्र्याक तथा दोस्रो चरणमा लाईभ प्रस्तुति गरेका थिए जसमा नारायण गोपालको कालजयी गीत पनि गाएका थिए । संस्थाका सचिव विनोद त्रिपाठीबाट स्वागत मन्तव्य, संस्थाका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा र समाज सेबी डा. विजय राज शर्माबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त साँझ गायक ढकाल र कलाकार खरेललाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

फोटो: भुपेन्द्र महत, बिशेश्वर केसी, शैलेश पोखरेल

प्रतिक्रिया