आइतबार, साउन १० २०७८
काठमाडौं १८:४०
वासिङटन डिसी 08:55

अफगानिस्तानमा ११ तालिवान मारिए

इनेप्लिज २०७२ कार्तिक २४ गते ११:०३ मा प्रकाशित

afghanistan-kabul-_2193980b-400काबुल, २४ कात्तिक । तालिवान सशस्त्र आतङ्ककारीहरूका विरुद्धमा अफगानिस्तानमा जारी सैनिक कारबाहीमा परी कम्तीमा ११ जना आतङ्ककारी मारिएका बताइएको छ ।

अफगान गृह मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । पछिल्लो समयमा अफगानिस्तानमा तालिवानले सुरक्षाकर्मी र सर्वसाधारणको हत्या गर्ने गरेका छन् ।

अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

सो कारबाहीका क्रममा गत २४ घण्टाभित्र ११ जना आतङ्ककारी मारिनुका साथै ३० जना घाइते भएका जनाइएको छ । कारबाहीका साथै त्यस क्रममा विभिन्न स्थानमा झडप पनि भएको थियो ।

अफगानिस्तानको विभिन्न प्रान्तमा जारी यस कारबाहीको क्रममा केही आतङ्ककारीहरू पक्राउ परेकोसमेत जनाइएको छ । सेनाले ठूलो सङ्ख्यामा हतियार पनि कब्जा गरेको छ ।

यस अवधिमा भएका सडक किनारमा रहेको बम र बारुदी सुरुङ्ग विस्फोटमा परी केही अफगान सेनाले पनि ज्यान गुमाएका बताइएको छ । तर सो सङ्ख्या भने उक्त विज्ञप्तिमा खुलाइएको छैन ।

प्रतिक्रिया