विराटनगर, २४ कात्तिक । पूर्वाञ्चलमा रासायनिक मलको अभाव भएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट आयातित रासायनिक मल भारतमै थन्किएकाले मलको अभाव भएको हो ।
किसानले धान भित्र्यापछि आलु, गहुँका साथै अन्य खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालेका छन् । यस वर्ष समयमा पर्याप्त वर्षा नभएका कारण धानको उत्पादन घटेपछि किसान खाद्यान्नका रुपमा गहुँखेतीतर्फ बढी आकर्षित भएका छन् । रासायनिक मलको अभावमा गहुँको उत्पादन घट्ने भएपछि कृषक थप चिन्तामा छन् ।
रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ लिमिटेडले गर्दै आइरहेका छन् । विराटनगरस्थित कृषि सामग्री कम्पनीको गोदाममा ८८ मेट्रिक टन मिश्रित मल र दुई सय ५० मेट्रिक टन युरिया मल मात्र मौज्दात रहेको छ । त्यस्तै विराटनगरस्थित साल्ट ट्रेडिङ लिमिटेडको गोदाममा मिश्रित मल सकिएको छ भने ५० किलो तौल भएका ८५ हजार बोरा युरिया मल मौज्दात रहेको छ ।
पूर्वाञ्चल क्षेत्रीय कृषि सामग्री कम्पनीका प्रमुख अजय श्रीवास्तवले जोगवनी नाकामा ८०० मेट्रिक टन तथा कोलकाता बन्दरगाहमा १२ हजार मेट्रिक टन मल थन्किएको जानकारी दिनुभयो । उत्तर कोरियाको डेऊ, सामसुङ कम्पनीको रासायनिक मल चीनबाट र सिङ्गापुरको स्वीस कम्पनीको रासायनिक मल कोलकत्ता बन्दरगाहा हुँदै नेपाल भित्र्ने गर्छ ।
सप्तरी र सिरहामा मलको अभाव देखिएको र बन्द हड्तालका कारण चाहेर पनि ती जिल्लामा मल पु¥याउन नसकिएको श्रीवास्तवले बताउनुभयो ।
साल्ट टे«डिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले कोलकाता बन्दरगाहमा नेपालका लागि २२ हजार ५०० मेट्रिक टन रासायनिक मल थन्किएको बताउनुभयो ।
प्रतिक्रिया