अमेरिकामा रहेका भारतियहरु के भन्छन अघोषित नाकाबन्दिका बारेमा?

इनेप्लिज २०७२ कार्तिक २४ गते १:४२ मा प्रकाशित

          Untitled

भारतियहरुले नेपालमा लगाउदै आएको अघोषित, अमानबिय एबम अब्यबहारिक नाकाबन्दिको पिडा र गम्भिर असर जति स्वदेशमा बस्ने नेपालिहरुले भोगिरहेका छन त्यत्तिकै त नभनौ यो पिडाको अनुभुति र पिडा बिदेशमा बस्ने नेपालिहरुलाइ पनि कम परेको छैन​। प्रबास रोइरहेको छ र चिन्तित पनि त्यत्तिकै। नेपालको शान्ति, सम्ब्रिदि, दिगो बिकास र सुशासनका लागि प्रबासि नेपालिहरु कामना मात्रै गरिरहेका छैननकि तन मन र चिन्तन मात्रिभुमि तिरै छ​।

अमेरिकामा झन्डै झन्डै ४० प्रतिसत वर्किङ्ग क्लासका नेपालिहर भारतिय ब्यबसाय ब्यापारमा प्रत्यक्ष तथा परोक्ष रुपमा कार्यरत कतै साझेदार कतै भारतियहरु नेपालि ब्यबसाय एबम ब्यबसायिहरुमा कार्यरत पनि छन अमेरिकामा भारतियहरु नेपालि कामदारहरु खोजि खोजि काममा लगाउने गर्दछन त्यसको एउटै कारण हो कि नेपालिहरु बिस्वासिला, इमान्दार कर्तब्यनिष्ठ हुन्छन भन्ने पाएसम्म भारतिय ब्यबसायिहरु भारतिय कामदारहरु भन्दा नेपालि कामदार नै बढि रुचाउछन

ब्यबसायकै क्रममा एकजना भारतिय ब्यबसायि (जो टेक्सासमा ब्यबसाय गर्दछ) आफनै भारतिय मानिसका बिरुद्द बोल्दै थियो। “भारतिय कामदारहरु भन्दा नेपालि नै इमान्दार र काम कर्तब्यनिष्ठ हुन्छन​। यिनिहरुले गाड मारिदिन्छन तर नेपालिहरु बिस्वासिला हुन्छन​।” अमेरिकामा नेपालि समाजको ठुलो हिस्सा भारतिय समुदाय र ब्यबसायसङ्ग आबद्द र कार्यरत छन​। अहिलेको नेपालमा भारतियहरुको भुमिका, प्रधानमन्त्रि मोदि र बिजेपिको रबैयाका बारेमा अमेरिकामा रहेका भारतियहरु के भन्छन त​? म सङग केहि भारतियहरु सङ्ग यसै सिलसिलामा कुराकानि भ​एको थियो। उनिहरुमा अहिलेको भारतिय नाकाबन्दि र ब्यबहार अमेरिकामा नेपालिहरु प्रति हेर्ने नजरमा खासै परिबर्तन आयेको पाइएन​। उनिहरु दुखि थिए, चिन्तित पनि र यो नाकाबन्दिको बिरोध गरिरहेका थिए। एकजना भारतिय ब्यबसायि जो मेरै केहि ब्यबसाय नजिकै ब्यबसाय गरिरहेको छ उसले भन्दै थियो कि भारतले अहिले राम्रो गरेन​। यो गलत भयो। नेपाल र भारत भनेको नङ्ग र मासु जस्तै हो। अहिले भारतिय अमेरिकन ब्यबसायिहरु यो अघोषित नाकाबन्दि अबिलम्ब अन्त्य गरि आयात र निर्यात सर्बाधिक रुपमा सुचारु गरिनु पर्दछ​। भारतिय कामदार​, ब्यबसायि एबम अमेरिकन भारतिय समाज नेपालि, नेपाल र अमेरिकामा रहेका नेपालि समाज प्रति जुन मनैदेखि मित्रबत ब्यबहार छ त्यसैसम्बन्ध मार्फत नाकाबन्दिको बिरोधलाइ अघि बढाउनु पर्दछ अमेरिकामा रहेका नेपालिहरुले। व्हाइटहाउसको अगाडि गएर २।४ जनाले उफ्रदैमा न त यो समाधानमा बल पुग्दछ यसले त केबल बर्षौ देखिको अमेरिकन नेपालि एबम भारतिय समाज र समुदायबिचक्​ओ अन्त्रसम्बन्धमा चिसोपन आउन सक्दछ​। हामि अमेरिकामा छौ, हामिले भारतिय दुताबास​, बाणिज्य कार्यलयहरु, कुटनैतिक नियोग​, भारतिय ब्यबासायिक एबम सामाजिक प्रतिष्ठानहरु, स्थानिय सस्था र ब्याक्ति बिशेषमार्फत सयम भएर बिरोध र दबाब सिर्जना गर्दा बढि परिपक्वता देखिन सक्दछ​।

अमेरिकामा बिना कागज सुरक्षित रुपमा भारतिय समुदाय सङ्ग मिलेर काम गर्ने हजारौ कागजबिहिन कागज निर्माणको प्रक्रियामा रहेका नेपालि कामदारहरु छन २।४ जना नेपालि सस्थाका हिरोहरुका कारण भोलि तिनिहरुमा पर्ने मानसिक एबम शारिरिक तथा कानुनि समस्या जटिलतालाइ नतिम्त्याऔ। यो नाकाबन्दि धेरै टाढा जानै सक्दैन जति नेपालले घाटा ब्यहोरेको त्यत्तिकै भारतले पनि। दबाब ससारबाट मात्रै होइन स्वयम भारत भित्रै बाट भैरहेको

क्रान्तिकारि भयेर काम देखाउन खोज्दा यसबाट भैरहेको सामाजिक र थुप्रै अन्य ब्यबहारिक दिर्घकालिन असरहरुलाइ पनि मध्यनजर लगाउनु पर्छ​। २५ हजार नेपालि त कसरि जम्मा हुन सक्छन र व्ह्वाइटहाउस अगाडि? बिरोधको कार्यक्रमलाइ परिबर्तन गरि भारतिय दुताबास​, सम्बन्धित निकाय एबम बिरोधको अर्थ र दबाब सिर्जना हुने स्थानहरुमा एउटा सामुहिक समुह बनाएर बिरोधको प्रतिबेदन बुझाउने र समाधानका लागि दबाब दिनु नै उत्तम हुनेछ र यो नै किफायति र परिपक्व कदम हुनेछ​।

प्रतिक्रिया