जन लेननको गितार चौबीस लाख अमेरिकी डलरमा लिलाम

इनेप्लिज २०७२ कार्तिक २३ गते २०:४२ मा प्रकाशित

john_lennonबेभर्ली हिल्स । ‘‘लभ मी डु’’, ‘‘आइ वान्ट टु होल्ड योर ह्यान्ड’’ तथा अन्य लोकप्रिय गीतका लागि सङ्गीत दिएको जन लेननले प्रयोग गरेको गितार २४ लाख अमेरिकी डलरमा लिलाम भएको छ ।

जुलियन्स अक्सन्सले गिब्सन जे–१६०ई नाम गरेको उक्त गितार शनिबार नाम उल्लेख गर्न नचाहने व्यक्तिलाई बिक्री भएको जानकारी दिएको छ ।

लेनन तथा जर्ज ह्यारिसनका लागि सन् १९६२ मा यस प्रकारका दुई गितार अमेरिकाबाट बेलायत लगिएका थिए । जर्ज ह्यारिसनसँग साट्नुअघि लेननले यो गितार दुई वर्ष बजाएका थिए । सन् १९६३ मा एक क्रिसमस कार्यक्रममा यो गितार हराएको थियो ।

उक्त गितार ५० वर्षसम्म हराएको थियो र गत वर्ष क्यालिफोर्नियाका एक पुरुषले त्यसलाई फेला पारेका थिए ।

बिटल्सले ‘‘दी एड सुलिभन सो’’ मा प्रयोग गरेको ड्रम शनिबार २१ लाख अमेरिकी डलरमा बिक्री भएको उक्त लिलामगृहले जानकारी दिएको छ । रासस÷एपी

प्रतिक्रिया