फिल्म निर्देशक डिसी अमेरिकामा सडक दुर्घटनामा घाइते

इनेप्लिज २०७२ कार्तिक २३ गते ९:३६ मा प्रकाशित

DSC02192-150x150काठमाडौं । फिल्म निर्देशक दिनेश डिसी अमेरिकामा सडक दुर्घटना घाइते भएका छन् । दुर्घटनामा उनकी पत्नी रानू डिसी पनि गम्भीर घाइते भएकी छिन् । रानूको मुखमा गम्भीर चोट लागेको छ । उनको देब्रे हातको औँला पनि भाँच्चिएको जनाइएको छ । डिसी दम्पत्ति सवार कारलाई विपरित दिशाबाट आइरहेको गाडीले ठक्कर दिँदा दुघृटना भएको आफन्तले जनाएका छन् । दुर्घटनाका क्रममा डिसी दम्पत्ति सवार कार बिजुलीको खम्बामा ठोक्किएको थियो । ब्राकेनरिज अस्पतालमा सात घन्टा लामो उपचारपछि दुवैको डिस्चार्ज भएको निर्देशक डिसीले बताए । दुर्घटनामा डिसीको छातीमा चोट लागेको छ । दुबै जना खतरामुक्त रहेका छन् । डिसीलाई ठीक हुन पाँच दिन लाग्ने छ भने उनकी पत्नीलाई ठीक हुन् ६ हप्ता लाग्ने चिकित्सकले बताएको जानकारी डिसीले दिए । निर्देशक डिसी शनिबार बिहान एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् ।

Dinesh-DC

प्रतिक्रिया