कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलीने

इनेप्लिज २०७२ कार्तिक २३ गते ९:१८ मा प्रकाशित

unnamed

अक्टोबर ०८, २०१४

कोलोराडो, अमेरीका

कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भौलो खेल्ने भएका छन् ।
कोलोराडोमा कृयासिल नेपाली घरको आयोजनामा तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपाल लगायत अन्य स्थानीय संघ संस्थाको सहयोगमा नेभेम्वर ११ देखि १४ सम्म देउसी भैलो खेलीन लागेको हो ।
बिशेष गरि नया“ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको हो । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।
यसरी देउसी भैलो खेलीने स्थानहरुमा नोभेम्वर ११ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल, नोभेम्वर १२ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट, नोभेम्वर १३ सांझ अरोरा र नोभेम्वर १४ सांझ बोल्डरको कोर्डहाउस अगाडी खेलिने तयारी रहेको नेपाली घरका सचिव लक्ष्मण रानाले बताएका छन् ।
देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती, पहिचाहन गराउन पाउने यस्तो अवसरमा आयोजकले सकेसम्म सबैलाई आ–आनो जातीय पहिरनमा आउन आग्रह गरेको छ । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन अनुरोध गरिएको छ ।
नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ ।

unnamed4RB3KBIN

प्रतिक्रिया