भ्रमरहित संचारको सम्मान

इनेप्लिज २०७२ कार्तिक २३ गते ४:१८ मा प्रकाशित

सबै संचारकर्मीहरु सूचना र चेतनाका संबाहक हुन । यो वर्ग पूर्णरुपमा समाजमा समर्पित हुन्छ । दिन रात सा“झ विहान आफ्नो पेशामा लीन हुने यो वर्गको निजी जीवन,उसको दैनिकी,उसको परिवार र उसको आफ्नो पनस“गै हराइरहेको हुन्छ ।

यसरी पेशामा समर्पित वर्गप्रति समाज र राज्यले संबेदनशील बन्नु प्रशंग अमेरिकामा उपचारको क्रममा रहेका बरिष्ठ पत्रकार गोपालप्रसाद थपलियालाई भेट्न पुगेका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे सम्बन्धी एउटा समाचारको हो । पहिलो पोष्ट अनलाइन पत्रिकाले गतसाता मन्त्री पाण्डे अमेरिकामा आफन्त भेटघाटमा व्यस्त शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । यो समाचारमा अमेरिकाको भर्जिनियामा बस्दैआएका पत्रकार विष्णु शीतलले आफ्नो फेसबुकमा अपलोड गरेको एउटा फोटोलाई आधार बनाएर मन्त्री पाण्डेदेशमा संकट परिरहेको बेला आफन्त भेटघाटमा व्यस्त भएको यता अर्थ मन्त्री डा. रामशरण महत भने देशको अवस्थाबारे मित्रराष्ट्र एबम दातृ निकायका प्रतिनिधिहरुलाई जानकारी गराइरहेको कुरा उल्लेख छ । त्यही समाचारको अन्तिममा मन्त्री पाण्डे नेपाल पुगिसकेको कुरा पनि उल्लेख छ । यो समाचार हेरेपछि केही कौतुहलता बढेर यो अभिव्यक्ति सार्वजनिक गर्ने जमर्को गरेको हु“ ।

यो सन्दर्भमा कुरा गर्न यसकारण मन लाग्यो कि म पत्रकार गोपाल थपलियाको बारेमा राम्रो जानकारी राख्दछु । नेपालमा पछिल्ला दिनमा उत्पन्न प्रतिकुल परिस्थितिका बावजूद पनि मन्त्री पाण्डे पत्रकार थपलियाको स्वास्थ्य अवस्था बुझ्न त्यहा“ पुगेका थिए । यो उनको पत्रकारिता पेशाप्रतिको सम्मान नै हो भन्ने मेरो बुझाइ छ ।

बरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया नेपालका एक संघर्षशील संचारकर्मी हुन । उनले पंचायत कालमा समाचार र विचार विश्लेषण प्रकाशित गरेबापत अत्यन्त कडा यातना प्रहरी, हिसासद,जेल सजाय“ र आन्दोलनको अग्रपंतीमा रिपोटिङ्ग गर्दा र प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रिदा प्रहरीको लाठी प्रहारबाट अंग भंग भएको अवस्थासमेत पार गरेर आएका थिए ।

यो यातनाको कारणले उनलाई माइस्थानिया ग्राभिस(मांसपेसीय दुर्वलता)रोग उत्पन्न भयो । यसको उपचार नेपाल र भारतमा संभव नभए पछि उनी अन्तिम दिन पर्खिएर घरैमा बसिरहेका थिए । यो रोगकै कारण उनले दारी काट्न,नुहाउन,कन्याउन र दा“त माझ्नसमेत नभएपछि यी सबै छाडिसकेका थिए ।

राज्यले नेपालका बरिष्ठ पत्रकार,स्वतन्त्रताका सेनानी जस्तो सम्मान त दियो तर उनलाई लागेको रोगको उपचारतर्फ भने ध्यान नदिइरहेको अवस्थामा एक दिन नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष बरिष्ठ कानुन व्यावसायी विश्वकान्त मैनालीले भेटेका थिए । अधिबक्ता मैनालीले जुन अबस्थामा थपलियालाई भेटे त्यो अवस्थाको चित्रण यो पंतिकारसमक्ष प्रस्तुत गरेका थिए । त्यो सबै यहा“ उल्लेख गरिरहदा धेरै समय लाग्न सक्छ । यो अवस्थाको बारेमा उनले तत्कालै मुलुकका

सबै बरिष्ठ नेताहरुलाई टेलिफोन गरेर बताएका थिए । मैनालीको फोन आए पछि भने पत्रकार थपलियालाई भेट्न पूर्व प्रधान मन्त्रीहरु,सभामुख, मन्त्री तथा संबैधानिक अंगका प्रमुखहरु र पत्रकार तथा शुभचिन्तकहरुको भिड लागेको थियो । यस पछि भने उनलाई सरकारले अमेरिका लगेर उपचार गराउने जमर्को गर्यो र चौविस हजार दुइ सय डलर सरकारी सहयोग लिएर उनी अमेरिका आए । वासिंटन डिसीको जर्ज वासिंटन हस्पिटलमा उनको उपचार भइरहेको छ ।

हस्पिटलले नेपाल सरकारलाई उनको अवस्था बारे जानकारी पनि गराइसकेको छ । यो अवस्थामा नेपालका सरकारी प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएको सरकारी टोलिले पत्रकार थपलियालाई भेट्न जरुरी थियो । टोलिका नेता उपप्रधान मन्त्री प्रकाशमान सिह त आएनन तर परराष्ट्र मन्त्री पाण्डे भने उनलाई भेट्न पुगेका थिए । यो अवस्थामा आफ्नो निवासमा मन्त्री पाण्डे र पत्रकार थपलियालाई भेट गराएका पत्रकार विष्णु शीतलले यो भेटघाटको फोटो आफ्नो फेसबुकमा अपलोड गरेका थिए ।

यही फोटोलाई आधार बनाएर समाचार प्रकाशित भयो तर समाचारमा विरामी भेट्न गएको कुरा कतै उल्लेख गरिएन । आफ्नै पेशाका अग्रज पत्रकार गोपाल थपलियाको बारेमा कुनै उल्लेख गरिएन । यो समबेदनशीलतामा कुनै ध्यान पुर्याइएन । पत्रकार थपलिया हालका अधिकांश पत्रकारका गुरु हुन । यति मात्र हैन थपलिया दक्षिण एशियाली क्षेत्रीय स्वतन्त्र पत्रकार संघ(साफ्मा)का संस्थापक अध्यक्ष पनि हुन ।

सरकारी अधिकृत पद छाडेर क्रान्तिकारी पत्रकारिता गर्दै मुलुकमाआमुल परिबर्तन ल्याउनुपर्छ भनेर जीवनलाई कठिन बाटोतर्फ मोडेका थपलिया विरामी भएर थला नपरुन्जेल यसैमा लागिरहेकै थिए । एक जना अग्रज पत्रकारको यो अवस्थाको जानकारी पत्रकारिता क्षेत्रलाई त हुन जरुरी छ नै सरकारी निकाय पनि गंभिर हुन उत्तिकै आबश्यक छ ।

उनको स्वास्थ्यप्रति संचार जगत,राजनीतिक नेतृत्व,सरकारी निकाय,सामाजिक संघ संस्था र सर्ब साधारणको पनि उत्तिकै चासो हुन जरुरी हुन्छ ।

एउटा पेशामा आफ्नो उमेरको चार दशकलामो समय विताएर जेल, नेल, यातना र अनेकौं पीडा भोगेको व्यत्तिप्रति कसैको पनि उदासिनता देखिनुहुदैन । उनलाई यति बेला उपचारमा सहयोग गर्नु नै सम्मान हो । उनलाई सम्मान गर्नु भनेको पछिल्लो पिडीलाई उत्साह थप गर्नु हो । यस पेशाप्रति आकर्षण बढाउनु हो । उनको

उपचारको निरन्तरताका लागि संचार जगतले सरकारलाई घचघच्याइरहनजरुरी छ ।

प्रतिक्रिया