शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:२३
वासिङटन डिसी 21:38

भाषा पाठशालाले शुरु गर्यो द्यौसी भैलो

इनेप्लिज २०७२ कार्तिक २३ गते २:१० मा प्रकाशित

IMG_2683
भर्जिनियाको फेयरफ्याक्समा संचालित नेपाली भाषा पाठशालाले स्थानीय समुदायमा पुगेर यस बर्षको द्यौसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

IMG_2645
वालबालिकाहरुलाई नेपाली भाषा संस्कार , चार्ड पर्व, रितिस्थितिको बारेमा जानकारी दिने उद्धेश्यले यस बर्षको द्यौसी भैलो आयोजना गरिएको पाठशाला संचालक विना खड्का लामाले इनेप्लिजलाई बताउनु भयो ।

IMG_2632नोभेम्बर ८ र ९ तारिक २ दिन सप्तान्तमा आयोजना गरिएको यो द्यौसी भैलो कार्यक्रम उत्तरी भर्जिनियाको विभिन्न ६ स्थानमा सम्पन्न गरिएको थियो । संचालक खड्काका अनुसार यस कार्यक्रमबाट वालबालिकाहरुले लक्ष्मी पूजा, भाइटीका, हाम्रा संस्कृतिहरुप्रति जिज्ञाषा राखेका र द्यौसी भैली भन्दै नेपाली परम्परागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली भाषी वालबालिकाहरु र अभिभावकहरुको उत्साहप्रद सहभागिता थियो । अभिभावकहरुले परम्परागत शैलीमा भट्याउने र गाना गाउने गरेका थिए भने वालबालिकाहरुले यसमा साथ दिएका थिए ।

IMG_1132

नेपाली भाषा पाठशाला यसै बर्षको शुरुदेखि फेयरफ्याक्सको सेन्टरभिलमा संचालित छ । झण्डै ४० जना नेपाली भाषी वालबालिकाहरु यस भाषा पाठशालाबाट लाभान्वित छन । यसमा झण्डै १२ जना शिक्षकहरुले नेपाली भाषा संस्कृति, नेपाली चिनारीहरुको बारेमा अध्यापन गराउने गर्नु भएको छ । नेपाली भाषाका कक्षाहरु हप्ताको एक दिन शनिवार संचालन हुदै आएका छन ।

प्रतिक्रिया