पटका बरामद

इनेप्लिज २०७२ कार्तिक २२ गते ४:०९ मा प्रकाशित

patakaaपानीट्याङ्की (मोरङ), २२ कात्तिक । सशस्त्र प्रहरी पोस्ट रङ्गेलीले ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको छ ।

भारत विहार राज्यको बौका नाकाबाट लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा शनिबार प्रतिबन्धित विभिन्न ब्रान्डका पटका बरामद गरिएको हो ।

बरामद भएको पटका करिब रु ६० हजार मूल्य बराबरको रहेको पोस्ट इन्चार्ज प्रहरी निरीक्षक विदुर भट्टराईले बताउनुभयो ।

बरामद पटकाको मुचुल्का उठाएर नष्ट गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया