गजुरमुखीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५५ मा प्रकाशित

इलाम, २१ कात्तिक । नेपाली सेनाको कालीध्वज गण गढीथुम्का व्यारेकद्वारा इलामको पश्चिमी गजुरमुखी गाविसमा शुक्रबार सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

इलाम अस्पताल, नेपाली सेनाको मेडिकल टोली र प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका मेडिकल अधिकृतको संलग्नतामा सेनाले आयोजना गरेको शिविरमा ३०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको छ ।

शिविरमा महिलाको पाठेघर खस्ने समस्याबाट पीडित बनेका ५० जनाभन्दा बढी आएका थिए । चिकित्सकले उनीहरूलाई अस्पताल जान सल्लाह दिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया