मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:२०
वासिङटन डिसी 13:35

फुटबल स्टार बेकह्यामले विद्यार्थीसँग फुटबल खेले (फोटो फिचरसहित)

इनेप्लिज २०७२ कार्तिक २१ गते १:५० मा प्रकाशित

 

j[Qlrq agfpg] p2]Zo;lxt g]kfn cfPsf O+Nof08sf rlr{t km'6an v]nf8L 8]le8 a]sXofd eQmk'/sf] tf}d9Ldf eQmk'/sf afnaflnsfx?;Fu km'6an v]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;

भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ । उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो । उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो । बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गर्नुभयो । बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहनुभएका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आउनुभएको हो । बेकह्याम आज बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आउनुभएको थियो । बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आउनुभएको थियो । उहाँलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो । रासस – 

j[Qlrq agfpg] p2]Zo;lxt g]kfn cfPsf O+Nof08sf rlr{t km'6an v]nf8L 8]le8 a]sXofd eQmk'/sf] tf}d9Ldf eQmk'/sf afnaflnsfx?;Fu km'6an v]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;

j[Qlrq agfpg] p2]Zo;lxt g]kfn cfPsf O+Nof08sf rlr{t km’6an v]nf8L 8]le8 a]sXofd eQmk’/sf] tf}d9Ldf eQmk’/sf afnaflnsfx?;Fu km’6an v]Nb} . tl:a/ M /d]z lu/L, eQmk’/ . /f;;

प्रतिक्रिया