बुधबार, साउन २० २०७८
काठमाडौं ००:०४
वासिङटन डिसी 14:19

मलेसियाको जेलमा नेपाली युवकको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २० गते १३:३० मा प्रकाशित

neaja-new-york-discussइलाम, २० कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए । मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिनुभयो । उनी जेल परेको लामो समयपछि मात्र उनले परिवारमा सम्पर्क गरेका थिए । उनलाई जेलबाट उकासेर स्वदेश फर्काउनका लागि परिवारले लाग्ने खर्चसमेत जुटाइसकेको अवस्थामा उनको मृत्यु भएको दिदी रञ्जनाले बताउनुभयो । राईको शव स्वदेश ल्याउन पहल गरिदिन नेपाली दूतावाससँग मृतकका परिवारले अनुरोध गरेका छन् । रासस

प्रतिक्रिया