सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:१४
वासिङटन डिसी 16:29

नेजा दसैंतिहार शुभकामना आदानप्रदान एवं पेसागत विमर्श

इनेप्लिज २०७२ कार्तिक २० गते १३:२१ मा प्रकाशित

sharadchandra

न्युयोर्क,एभरेस्ट टाइम । नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले नेपालीहरुको महान चाड विजयादशमी र दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कस्थित चौतारी रेष्टुरेन्टमा बुधवार साँझ आयोजित कार्यक्रममा न्युयोर्कमा रहेका नेपाली पत्रकारहरुका साथै अमेरिकाको भ्रमण रहेका नेपाली पत्रकारिताका अग्रज स्रष्टा एवं भाषाविज्ञ प्रोफेसर शरदचन्द्र वस्ती सहभागी थिए । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाली पत्रकारिता र भाषाका विषयमा विचार विमर्ष गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्राध्यापक वस्तीले नेपाली भाषाको विकासमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताए। हाम्रो शिक्षा प्रणालीमा भाषालाई प्राथमिकता नदिएकोले नेपाली भाषाको स्तर खस्केको वताउदै उनले एउटा पत्रकारले गर्ने पत्रकारिताले नेपाली भाषाको स्तर जोगाईराखेको दाबी गरे । उनले नेपाली भाषाको स्तर खस्किनुमा गुरुहरु दोषी रहेको वताउदै आफु पनि एउटा गुरु भएको नाताले आफु पनि दोषी रहेको स्वीकारे । कसरी लेख्दा पाठक दर्शकले बुझ्छन् भनेर पत्रकारले गर्ने मेहनतबाट नेपाली भाषाको संरक्षण भएको उनको भनाई छ । अमेरिकामा गर्ने पत्रकारिता र पत्रकारहरुको योगदानले प्रवासमा पनि नेपाली भाषाको संरक्षण हुने उनको मुल्याडकन छ ।

भर्खरै आएको संविधानको भाषा विज्ञको रुपमा काम गरेका वस्तीले संविधानको खाकामा भएका धेरै कमजोरीलाई हटाएको उल्लेख गर्दै राजनीतिक दलहरुको वाध्यतामा राख्नुपर्ने भाषालाई मिलाएर राख्न हदैसम्मको प्रयास गरेको दावी गरे । उनले भने, “ड्राफ्टको भाषा अहिलेको भन्दा निकै कमजोर र विरोध गर्ने खालको थियो र भाषा विज्ञको रुपमा आफुले निकै मेहनत गरेको छु ।” नेपालको राष्टिय अखण्डता र जनतामा निहित सार्वभौमसत्तावाहेक कुनै पनि कुरा संसदबाट परिवर्तन गर्न सकिनेछ । उनले भने, “जनतामाथिको योभन्दा ठूलो विश्वास कहीं पनि हुँदैन | यति ठूलो विश्वास अमेरिकी संविधानले पनि गरेको छ कि छैन मलाई थाहा छैन ।”
नेजाका महासचिव भोला आचार्यले नेजाको उद्देश्य र गतिविधिको वारेमा प्रकास पार्दै प्रवासमा नेपाली पत्रकारिताको उपस्थिति जनाउन नेपाली पत्रकार र संचारमाध्यमहरुले खेलेको भूमिकाको प्रशंसा गरे । नेजाका निवर्तमान अध्यक्ष आडछिरिड शेर्पाले नेजाको वारेमा थप पुष्टि पार्दै पेशागत हकहितमा नेजाले खेलेको भुमिकाको चर्चा गरे । कार्यक्रममा नेजा सम्वद्ध पत्रकारहरु महासचिव भोला आचार्य, कार्यकारी सदस्य तेम्वादोडवा ह्योल्मो, सल्लाहकार आडछिरिड शेर्पा, पूर्व सचिव चन्द्र खतिवडा, विजय पौडेल, पूर्व कोषाध्यक्ष गीता पन्त, मनोज घिमिरेसहितको उपस्थिति थियो । साथै कार्यक्रममा उपस्थित न्युयोर्क स्थित नेपाली पत्रकारहरु नारायण सापकोटा, राजु आचार्य, विष्णुहरी घिमिरे, वालकृष्ण वस्नेत, संजोक आचार्य, कल्पना घिमिरेले आफुहरुलाई नेजामा संलग्न इच्छुक रहेकोले समेट्न प्रस्ताव गरेका थिए ।

अघिल्लो महिनामा नेजाले नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालसँग भेटघाट तथा नेपाली पत्रकारिता र समसामयिक विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया