शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:०८
वासिङटन डिसी 05:23

सुरुङ्गा गोल्ड कपको उपाधि चर्च ब्वाइजलाई

इनेप्लिज २०७२ कार्तिक २० गते ११:३३ मा प्रकाशित

ss2झापा, २० कात्तिक । मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता सुरुङ्गा गोल्ड कप–२०७२ को उपाधि चर्च ब्वाइज युनाइटेड काठमाण्डौंले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा चर्च ब्वाइजले राष्ट्रिय लिग फुटबलको चौथो टोली झापा–११ लाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधि जितेसँगै चर्च ब्वाइजले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता झापा–११ ले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

चर्च ब्वोइजलाई उपाधि दिलाउन सुमन लामाले गोल गरेका थिए । दोस्रो हाफको २७औं मिनेटमा लामाले गरेको गोल नै निर्णायक बनेको थियो । सुमन म्यान अफ द सिरिज र झापा–११ का खेलाडी विशाल राई म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङ्गाका युवाहरुको प्रशंसा गरे । सुरुङ्गाका युवाहरु चेतनशील र जागरुक रहेको भन्दै गोल्ड कपलाई नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने उनले बताए ।

प्रतिक्रिया