चर्चित हास्य टेलिश्रृखला ‘तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सै’को प्रशारण रोकियो

इनेप्लिज २०७२ कार्तिक २० गते १०:३१ मा प्रकाशित

dhurmus-with-deepak-raj-giri-and-deepa-shree-niraulaकाठमाडौं । नेपाल टेलिभजनका चर्चित तीन वटा हास्य टेलिश्रृखला बन्द हुने अवस्थामा पुगेका छन् । निर्माता कम्पनी मिडिया हब भ्रष्टाचारमा मुछिएपछि चर्चित ३ सिरियल ‘तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सै’को प्रशारण बन्द हुने अवस्थामा पुगेका हुन् । अहिले तीनै सिरियलमा प्रशारण हुने बारमा पुरानै भाग दोहोरिएका छन् । यी तीनवटै सिरियल अब अगाडि बढ्ने सम्भावना कमजोर बनेको निर्देशकहरु बताउँछन् । ‘तितो सत्य’का निर्माता/निर्देशक दिपकराज गिरीले भन्छन्- ‘अब तिन वटै सिरियल प्रशारण बन्द हुने सम्भावना ८० प्रतिशत छ ।’ केही आशा रहेपनि त्यो पुरा हुने सम्भावना कमजोर रहेको गिरीले सुनाए । हाल गिरी चलचित्र निर्देशनमा व्यस्त छन् । यस्तै, ‘जिरे खुर्सानी’का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् । ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भूकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त छन् ।

प्रतिक्रिया