नेजाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७२ कार्तिक २० गते ९:५१ मा प्रकाशित

मिति नोभेम्वर ४ वुधवार २०१५

नेजा दशैतिहार शुभकामना आदानप्रदान एवं पेशागत विचारविमर्श

नेपाल अमेरिका पत्रकार संघ, नेजाद्धारा आयोजित नेपालीहरुका महान चाड विजयादशमी र दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । न्युयोर्क स्थित चौतारी रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा न्युयोर्क नेपाली पत्रकारहरुका साथै अमेरिकाको भ्रमण रहनुभएका नेपाली पत्रकारिताका अग्रज स्रष्टा एवं भाषाविज्ञ प्रोफेसर शरदचन्द्र वस्ती सहभागी हुनुहुन्थ्यो । एकअर्कामा सुभकामना आदानप्रदान गर्दै नेपाली पत्रकारिता र भाषाका कुरामा विचार विमर्ष गरिएको थियो ।

कार्यक्रममा वोल्दै प्राध्यापक वस्तीले नेपाली भाषाको विकासमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको वताउनुभयो । नेपाली भाषाको स्तर हाम्रो शिक्षा प्रणालीमा भाषालाई प्राथमिकता नदिएकोले नेपाली भाषाको स्तर खस्केको वताउदै एउटा पत्रकारले गर्ने पत्रकारिताले नेपाली भाषाको स्तर जोगाईराखेको दावी गर्नुभयो । उहाँले नेपाली भाषाको स्तर खस्किनुमा गुरुहरु दोषी रहेको वताउदै आफुपनि एउटा गुरु भएको नाताले आफु पनि दोषी रहेको स्वीकार्नुभयो । कसरी लेख्दा पाठक दर्शकले वुझ्छ भनेर पत्रकारले गर्ने मेहनतबाट नेपाली भाषाको संरक्षण भएको उहाँको भनाई छ । अमेरिकामा गर्ने पत्रकारिता र पत्रकारहरुको योगदानले प्रवासमा पनि नेपाली भाषाको संरक्षण हुने उहाँको मुल्याडकन छ ।

भर्खरै आएको संविधानको भाषा विज्ञको रुपमा काम गर्नुभएका वस्तीले संविधानको खाकामा भएका धेरै कमजोरीलाई हटाएको उल्लेख गर्दै राजनीतिक दलहरुको वाध्यतामा राख्नुपर्ने भाषालाई मिलाएर राख्न हदैसम्मको प्रयास गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “डाफ्टको भाषा अहिलेको भन्दा निकै कमजोर र विरोध गर्ने खालको थियो र भाषा विज्ञको रुपमा आफुले निकै मेहनत गरेको छु ।” नेपालको राष्टिय अखण्डता र जनतामा निहित सार्वभौमसत्तावाहेक कुनै पनि कुरा परिवर्तन संसदबाट गर्न सकिने छ । उहाँले भन्नुभयो, “जनतामाथीको योभन्दा ठूलो विश्वास कहि पनि हुदैन यति ठूलो विश्वास अमेरिकी संविधानले पनि गरेको छ कि छैन मलाई थाहा छैन ।” नेपालमा जनताले चाहे अनुसारको लोकतन्त्र या तानाशाही व्यवस्था ल्याउने यो संविधानमा व्यवस्था गरिएकोले संविधानको विरोध गर्नु वेकार रहेको उहाँले वताउनुभयो ।

sharadchandra.jpg2नेजाका महासचिव भोला आचार्यले नेजाको उद्देश्य र गतिविधिको वारेमा प्रकास पार्दै प्रवासमा नेपाली पत्रकारिताको उपश्थिति जनाउन नेपाली पत्रकार र संचारमाध्यमहरुले खेलेको भूमिको प्रशंसा गर्नुभयो । नेजाका निवर्तमान अध्यक्ष आडछिरिड शेर्पाले नेजाको वारेमा थप पुष्टि पार्दै पेशागत हकहितमा नेजाले खेलेको भुमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा नेजा सम्वद्ध पत्रकारहरु महासचिव भोला आचार्य, कार्यकारी सदस्य तेम्वादोडवा हेल्मो, सल्लाहकार आडछिरिड शेर्पा, चन्द्र खतिवडा, विजय पौडेल, गिता पन्त, मनोज घिमिरेको उपश्थिति रहेको थियो । साथै कार्यक्रममा उपश्थित न्युयोर्क स्थित नेपाली पत्रकारहरु नारायण सापकोटा, राजु आचार्य, विष्णुहरी घिमिरे, वालकृष्ण वस्नेत, संजोक आचार्य, कल्पना घिमिरेले आफुहरुलाई नेजामा संलग्न इच्छुक रहेकोले समेटन प्रस्ताव गर्नुभएको थियो ।

sharadchandra.jpg1

अघिल्लो महिनामा नेजाले नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालसँग भेटघाट तथा नेपाली पत्रकारिता र समसामयिक विषयमा छलफल गरेको थियो ।

sharadchandra

भोला आचार्य

महासचिव, नेजा

प्रतिक्रिया