अमेरिकामा चिसो पानीमा नुहाउन के ह्याकुला छ ?

इनेप्लिज २०७२ कार्तिक १९ गते २:३६ मा प्रकाशित

IMG_3736

गोर्खालीहरु शुरबिर छन् l बिर गोर्खालीले अंग्रेजलाई पनि टेरेनन् l युद्धमा अंग्रेजलाई हराएर धपाई दिए l बहादुर शाहले आँट र ह्याकुला भएकोले टिस्टा सम्म सिमाना पुरयाई दिए l कैयौ युद्धमा बिर कहलिएका बहादुर नेपाली जाबो अमेरिकामा चिसो पानी सँग पौठी जोरी खेल्न नसकी आखिर आत्मसमर्पण गर्दै तातो पानीमा नुहाउन बिबस भएका छन् l

यो चुनौती र हाँक हैन ? अमेरिकामा चिसो पानीमा नुहाउन के नेपाली संग ह्याकुला छ ? चिसो पानीमा नुहाउन किन ह्याकुला चाहिन्छ त ? हामी सबैलाई आस्चर्य र अचम्म लाग्न सक्दछ l खसीको मासुको ह्याकुला को सन्दर्भ भने पट्टकै हैन l ह्याकुला भनेको मुटु दरो भएको भन्ने बुझिन्छ l नडराउने र शुरो भएको मान्छे लाई ह्याकुला दह्रो भएको भनि संकेत गर्दछ l त्यसमा पनि आँट भएको भन्ने सन्दर्भको चर्चा हो l

हुति भएको मानव जतिको सन्दर्भमा कलम चलाउने अभिप्राय हो l चिसो पानीमा स्नान गर्न किन अमेरिकामा बिर गोर्खालीका सन्तान भयभित हुन्छौ l किन चिसो पानीमा रमाउदैनौ ? नेपालमा हुदा चिसो पानीमा आहाल बस्ने हामी अमेरिका आउने बित्तिकै सातो पुत्लो आखिर किन गयो त ? त्यसो भए हामी नेपालीहरुलाई पुरै बिदेशीको हावाले छोई सकेको हो त ? किन चिसो पानीमा नुहाउन भने पछि सुई कुच्चा ठोक्छौ ? नेपालमा अधिकांस रुपमा चिसो पानीमा नुहाउने बिर गोर्खालीका सन्तान आज अमेरिका छिर्ने बित्तिकै आमुल परिवर्तन हामी किन भएको हो त ?

अमेरिका पसे पछि मात्र थाहा पाईने रहेछ कि अमेरिकामा जहिले पनि स्नान गर्दा मन तातो पानीको प्रयोग गरिने गरिन्छ l २४ सै घण्टा तातो पानी उपलब्ध र पानीको सुबिधा हुने हुनाले मानिस अमेरिकामा बाह्र मास नै तातो पानिले नुहाउने गर्छन l नेपाल बाट आएका नेपाली पनि अमेरिकामा तातो पानि नै खोज्दछन l जाडो महिनामा तातो पानीले नुहाउनु भनेको स्वाभाविक हुन्छ l

तर अमेरिकामा जाडोमा जाडो र गर्मीमा गर्मि अति हुने हरेक मौसममा पनि जहिले पनि तातो पानी मै नुहाउने गरिन्छ l कारण थाहा भएन l यो कुराको ख्याल गरिएको हुदैन l तर यथार्थता भनेको के हो भने अमेरिकाका मानिस तातो पानी मा नै स्नान गर्छन l यसमा दुई मत छैन l अपबाद छोडेर सबै तातो पानीले मात्र नुहाउने गर्दछन l

पौडी पोखरीमा पनि पानीको तापक्रम मिलाएको हुनाले त्यहाँ पनि तातो पानी कै उपयोग गरिन्छ l विभिन्न मुलुकबाट अमेरिका आएका २५-६० बर्ष सम्म उमेरका नागरिक ,वयस्क तथा बिदेशी नागरिक समेतलाई चिसो पानी या तातो पानीमा नुहाउनु हुन्छ भन्ने सवालमा चिसो पानीले नुहाएको अहिले सम्म थाहा नभएको बताए l र उनीहरुका बुवा आमाले समेत तातो पानी प्रयोग गरेको बताए l

बाह्रै महिना तातो पानीले नुहाउने र कसैले पनि चिसो पानीले नुहाउने नगरेको बताए l अमेरिकामा जस्तै सुकै गर्मि या जाडो भएता पनि मन तातो बनाएर नुहाउने सबैले बताए l किन चिसो पानीमा नुहाउनु हुन् भन्ने जिज्ञासामा चित्त बुझ्दो जवाफ दिएनन् l नेपालमा नदि तथा चिसो पानीमा दिनहु नुहाउने मानिस पनि अमेरिकामा गरम पानीमा नुहाउन रुचाउने भएका छन् l अपबाद बाहेक ,नेपाल बाट धार्मिक कार्यक्रममा बोलाइएका साधु महाराज पनि अमेरिकामा तातो पानीमा नुहाउने गर्दछन l

अमेरिकामा काम को प्रवृति फरक छ l एकहोरो र उभिएर पनि ज्यादै काम गर्नु पर्ने भएकोले शरीरमा दुखाई अलिक बढी हुने सम्भावना हुन्छ l दिनभरी बेजोड काम गरि घर फर्के पछि दुखाईलाई मेट्ने ओखतिको काम गर्ने एक प्रकारको आनन्द दिलाउने साधन तातो पानी भएकोले मानिसलाई तातो पानीले लोभ्याउदछ l अनि त्यो बानि लाग्दछ र तातो पानीमा नुहाउने बानि लाग्दछ l

बिर गोर्खालीका सन्तान आँखिर किन तातो पानीको शरणमा जान्छौ त ?

किनभने तातो पानीमा नुहाएमा शरीरमा कसिएर रहेका मांसपेसीलाई आराम पुर्याउदछ l यसको अतिरिक्त तनाब मुक्त गरी दिन्छ l तातो पानीमा नुहाउदा काँध ,घाँटी र पिठ्युको लागि एक प्रकारको मालिस जस्तै हुन्छ l तातो पानीले हाम्रो शरीरमा भएको रसायन अक्सि टोसिन को मात्रा बढाउने र चिन्ता मुक्त गरि दिने गर्दछ भनि एक अध्ययनले देखाएको छ l

तातो पानीको तुलनामा चिसो पानी अमेरिकामा अत्यधिकले जाडोको कारण सहन सक्दैनन् l शरीरले थाम्दैन l शरीरको लागि चिसो पानि उत्तम हुन्छ l शरीरमा फुर्ति ल्याउन यसले मदत गर्दछ l चिसो पानीमा नुहाउदा थकित शरीरमा फुर्ति आउने तथा मानसिक सतर्कता हुने हुन्छ l तातो पानीको दाजोमा चिसो पानी कपाल र छालाको लागि अति उत्ताम मानिन्छ l तातो पानीले सुख्खा बनाई दिन्छ भने चिसो पानीले जलयोजित (हाईड्रेड )गरि दिन्छ l

आँखिर चिसो या तातो पानी कुन फाईदाजनक छ त ? अमेरिकमा चिसो पानीमा स्नान गर्न बिर गोर्खालीका सन्तानले के आँट गर्न सक्लान त ? साच्चै अ मेरिकामा चिसो पानीमा नुहाउन हामीलाई ह्याकुला चाहिन्छ त ? आँट नै चाहिन्छ त ? हैन भने किन चिसोमा नुहाउने गरिदैन त ? तातो पानी मा मात्र किन स्नान गरिन्छ ?

उत्तर यहाहरु कै पोल्टोमा………………………………….

प्रतिक्रिया