अमेरिकामा प्रस्तुत भएको २०७२ तिज ,दशैं तथा तिहार धमाका कार्यक्रम सफलता पूर्वक समापन

इनेप्लिज २०७२ कार्तिक १८ गते २:०४ मा प्रकाशित

b

अमेरिकाको विभिन्न शहरमा झन्डै दुई महिना सम्म प्रस्तुति रहेको २०७२ तिज ,दशैं तथा तिहार धमाका कार्यक्रम बाल्टिमोरमा अन्तिम प्रस्तुति साथ भब्यताको साथ समाप्त भएको छ l गत अगस्त २९ देखी नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति गरिएको कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त रुपमा आयोजना गरेको थियो l

यो कार्यक्रमको लागि हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल(मुन्द्रे) प्रसिद्ध लोक गायक बद्रि पंगेनी ,लोक दोहोरि प्रसिद्ध गायिका शिला आले तथा हास्यकलाकार तथा नृत्यांगना निरु खड्का(निर्मली) को बेजोड प्रस्तुति रहेको थियो l

यसको साथै अमेरिकामा रहेका भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरु गायक द्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज )को पनि प्रस्तुति रहेको थियो l गत अगस्त २९ तारिखमा उद्घाटन तथा नोवेम्बर १ तारिख समापन समारोह अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )को प्रमुख आतिथ्यमा भएको थियो l

b 2
कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने आयोजकले पूर्व प्रतिबद्धता जनाए अनुसार नोवेम्बर १ तारिख समापन समारोहमा १ हजार १ सय ११ डलर तथा ११ सेन्टको धनादेश (चेक ) राजदुत कार्कीलाई वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धि प्रसाद रेग्मीले हस्तान्तरण गरे l

रेग्मीले वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि कि प्रमुख कार्यकारी अधिकारी नेपालमा रहनु हुने र नेपाल बाट व्यवस्थापन गर्नु हुने शारदा पौडेल तथा भानु फुयाललाई बिशेष धन्यबाद दिएका छन् l

b 1यसै गरि रेग्मीले आयोजकहरु क्रमस ,भुटनीज कम्युनिटी अफ पिट्स बर्ग ,फुयाल भुटनीज कम्युनिटी अफ क्लेवल्याण्ड ,भुटनीज कम्युनिटी अफ सिनसीनटि भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग ,भुटनीज कम्युनिटी अफ उथाह ,बौदिक एजुकेसन फाउन डेसन एलए ,नेजा भर्जिनिया ,युथ फर कम्युनिटी भरमन्ट , किङ्ग अफ स्पाई चार्लोट ,एवेरेस्ट एम्युजमेन्ट एटलाँटा जर्जिया , नेब्रास्का नेपलिज सोसाइटी ,भुटनीज कम्युनिटी सिओक्स फल्स (साउथ डेकोटा) ,ग्रेटर अस्टिन एसोसिएसन अफ नेपलिज ,नेपलिज सोसाइटी टेक्सास ,सिकागो ल्याण्ड नेपाली फ्रेन्ड शिप सोसाइटी सिकागो ,भुटनीज कम्युनिटी एण्ड नेपलिज कम्युनिटी सेन्ट लुइज ,भुटानिज एण्ड नेपाली कम्युनिटी फिनिक्स ( बिसीए एण्ड एनए एफए )फिनिक्स ,नेपलिज सियाटल सोसाइटी सियाटल .पीए गुठि एसोसिएसन फिलि ,रिजवुड नेपलिज सोसाइटी ,भुटनीज कम्युनिटी अफ न्युहेम्पसायर तथा नाम्लो म्यान्याजमेन्ट बाल्टिमोर सबैले कार्यक्रमको आयोजना गरि सहयोग गर्ने तथा कलाकारलाई हौशला प्रदान गरेकोमा बिशेष धन्यबाद दिएका छन् l

यसै गरि रेग्मीले महामहिम राजदुत डा अर्जुन कुमार कार्की तथा राजदुत श्रीमती गौरी ठकुरी श्रेष्ठ ,प्रायोजक ,संचार माध्यम ,कलाकार ,दर्शक तथा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका छन् l २०७२ तिज ,दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य रहेको थियो l

b 3

प्रतिक्रिया