सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:२५
वासिङटन डिसी 16:40

नेजस क्यलिफोर्नियाले ग-यो भव्य बनभोज, करिब ८ सय सहभागी, भरपुर रमाइलो

इनेप्लिज २०७२ कार्तिक १७ गते १४:४० मा प्रकाशित

mjss2

क्यालिफोर्निया । त्यसो त नेपालमा दशैं तिहारसँगै चिसो बढ्न थाल्छ अनि पिकनिक (बनभोज) को समय शुरु हुन थाल्दछ । आफू, आफ्नो परिवार , साथिभाई, इष्टमित्र, टोल छिमेक मिलेर कतै पुगेर दिनभर सँगै खाना बनाउने, खाने र एकआपसमा नाचगान गरी रमाईलो गर्ने नेपालीहरुको पुरानो चलन पनि हो । यही रमाइलो पिकनिक वा बनभोजको रुपमा वर्षौदेखि चल्दै आएको छ । विश्व भूमण्डलको जुन कुनामा रहेका नेपालीहरु नै किन नहुन् । उनीहरुले आफ्नो रितिरिवाज, परम्परा र चाडबाडलाई नेपालमै झै मनाउने गर्दै आइरहेका छन् ।

हालै अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि यस्तै एक कार्यक्रम आयोजना गरियो । सन्दर्भ थियो, नेपाली हरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना साटासाट । अनि सँगै नेपाली परिकारहरुको स्वाद चाख्न समेत पाईने । मुखै रसाउने रसिला सेलरोटी होस् वा खसीको मासुको नेपाली स्वाद । यसका साथै बारबी क्युदेखि अन्य विभिन्न परिकारहरुले सो पिकनिकका पारखीहरुलाई अझै स्वादिष्ट बनाईदिएको थियो । यो सबै अवसरको आयोजना गरेर नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टर धन्यावादको पात्र बनेको छ ।

njss1

नेजस क्यालिफोर्निया क्याप्टरको आयोजनामा गरिएको सो बनभोज कार्यक्रम स्थानीय लेक चबोट रिजनल पार्क क्यास्ट्रो भ्यालीमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । पिनकिन कार्यक्रममा सहभागी हुन नेजस नर्दन क्यालिफोर्निया च्याप्टरसँग आवद्ध तथा अन्य महानुभावहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा बे एरियालगायत अन्य स्थानबाट समेत पाहुनाहरु सहभागित हुनुभएको थियो । बनभोज कार्यक्रम धेरै कोणबाट अत्यन्तै भव्य र सभ्य भएको थियो । कार्यक्रमको संयोजकको भूमिका सोही संस्थाका उपसभापति लक्ष्मी कार्कीले निर्वाह गर्नुभएको थियो । पिकनिकको रमाईलो सँगै केही औपचारिक कार्यक्रमहरुले कार्यक्रमको ओज र गरिमालाई अझै उचो बनाई दिएको थियो ।

बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रको सभापति बन्नुभएको थियो अमेरिकाबासी नेपालीहरुको लागि चिरपरिचित अनुहार जनसम्पर्क समिति क्यालिफोर्नियाका सभापति पूर्ण शेर्पा । यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उसभापति धनञ्जय नरसिंह केसी कार्यक्रमको प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुनुभएको थियो । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि भट्टले गर्नु भएको थियो । कार्यक्रममा आयोजक समितिका संयोजक श्रीमती लक्ष्मी केसीले स्वागत भाषण गर्दै सम्पूर्ण उपस्थितजनहरुलाई स्वागत गर्नुभएको थियो । उहाँले कार्यक्रममा सहयोग पु¥याउने सबैलाई धन्यावाद दिँदै उनीरुलाई हार्दिक बधाई तथा शुभाकमना व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा संस्थाका अर्का उपाध्यक्ष नारायण खनाल, तारा बराल, शेषराज दाहाल, जनसम्पर्क समितिका पूर्व केन्द्रीय सदस्य हेमराज भट्ट, नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य सन्तोष पहारी, एनएएनसीका बरिष्ठ उपाध्यक्ष इश्वर सिटौला, वानाका पूर्व सभापति उमा कार्की, नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका निवर्तमान सभापति चन्द्र धिताल, जिउँदा सहिद गणेशबहादुर कार्की, सर्बज्ञ वाग्ले, दिनेश भट्र राई, लगायत विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

njss2

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले नेपाली जसम्पर्क समिति अमेरिकामा दर्ता भएको नेपालीहरुको साझा संस्था भएकोले यसले नेपाल र नेपालीको सुख दुःखमा सदैब साथ दिने बताउनुभयो । उहाँले हालैका प्राकृतिक विपत्तिका बेला होस् वा अन्य समयमा जनसम्पर्क समितिलेले मन, बचन र कर्मदेखि नै सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँले नेपाली जनसम्पर्क समिति अमेरिका सम्पूर्ण संघसंस्थासँग हातोमालो गरेर अघि बढ्न तयार रहेको भन्दै मातृभूमिको लागि जस्तोसुकै सहयोग गर्नका लागि सदैव तयार रहेको धारणा राख्नुभयो । साथै उहाँले काम विशेषले विश्वको जुन भूभागमा रहेको भएपनि आफू र आफ्नो मातृभूमि प्रतिको माया, सद्भाव र सहयोगमा कत्तिपनि कञ्जुस्याई गर्न नहुने भन्दै यसका लागि सबैलाई आग्रह गर्नुभयो । त्यसका लागि विशेष गरी अमेरिकामा रहेका विभिन्न संघसंस्था र दाजुभाई दिदीबहिनीहरुबीच हातेमालो गर्नुपर्ने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष केसीले नेपाली जनसम्पर्क समितिलाई सबैभन्दा ठूलो संस्था बनाउनको लागि आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सभापतिको मन्तव्य राख्दै सभापति पूर्णा शेर्पाले उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउनुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो । सभापति शेर्पाले हाल बे एरियामा एउटा कम्युनिटी सेन्टरको आवश्यकता खड्किएकोले सो कार्यको लागि जनसम्पर्क समिति जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले प्रयास गर्ने कुरा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा एल ए बाट सहभागी प्रजातान्त्रिक आन्दोलनमा १० औं वर्ष जेलनेल बसेर प्रजातान्त्रिक योद्दा गणेणबहादुर कार्कीलाई जिउँदा सहितको रुपमा कदरपत्रद्वारा सम्मान गरियो । सो सम्मान प्रमुख अतिथि एवं नेजसका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले प्रदान गर्नुभएको थियो यस्तै अन्य सम्मानित व्यक्तिहरु लाई पनि प्रमुख अतिथि केसीले नै सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभापति पूर्ण शेर्पाले
सम्मानित व्यक्तिहरुलाई खादा ओढाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न खेलका खेलाडी हरुलाई प्रमुख अतिथि केसी र सभापति शेर्पाले संयुक्त रुपमा सम्मान एवं कदर पत्र प्रदान गर्नुभएको थियो ।

njss3

उक्त कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेताहरु सुरेश भट्ट, भोजराज कँडेल, विद्यासागर योञ्जन, पिउष दाहाल लगायतको पनि उपस्थिति रहेको थियो । यस्तै जनसम्पर्क समितिका बरिष्ठ नेताहरु विनोद भट्ट, भक्त थापा, अनुप श्रीवास्तव, रविन्द्र राई, हहिहर दाहाल, किरण राई, प्रतिक पाण्डे, राजन बर्तौला, बैकुन्ठ खनाल, धुर्ब कुवर, बुद्ध महर्जन,प्रकाश बस्नेत लगायतका पनि सहभागी हुनुभएको थियो । यसका साथै वे एरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका रुपमा पुर्ण बानिया, दुर्गा दहाल, मणि नेपाली पनेरु, उत्तम कार्की, राजकुमार तमु, प्रकाश लामा, शन्कर खड्का, डेण्डु सेर्पा, राजेश थापा, नुतन बराल लगायतका सम्पूर्ण संघ संस्थाका प्रतिनधिहरुको उपस्थिति रहेका थियो ।

सो पिकनिकमा करिब ८०० जनाको उपस्थििित रहेको अनुमान गरिएको छ । पिकनिकमा सहभागी हुने सबैलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था गरिएको थियो । दोहोरी गीतमा छमचमी नाच्ने बृद्दबृद्दा हुन् वा बालबालिका सबैमा बनभोजको रौनक एकैखाले देख्न सकिन्थयो । सो पिकनिक अमेरिकाको इतिहासमै निक्कै रमाइलो पिकनिकका रुपमा मनाइएको चर्चा कार्यक्रममा सहभागीहरुले गरेका थिए । विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना साटासाट गर्न र आपसी मित्रता सहयोग र सद्भावलाई जिबन्त बनाई राख्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

njss4

प्रतिक्रिया