मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:०५
वासिङटन डिसी 18:20

नेपाली क्रिकेट टोली युएई प्रस्थान

इनेप्लिज २०७२ कार्तिक १७ गते १३:५९ मा प्रकाशित

hqdefaultकाठमाडौँ, १७ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित बिदाई कार्यक्रममा क्यानका पदाधिकारीले भ्रमणका साथै प्रतियोगितामा जित हासिल गर्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

युएई भ्रमणको अन्तिममा नेपालले यही कात्तिक ३० र मङ्सिर २ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवान्युगिनीसँग दुई खेल खेल्नेछ । त्यसअघि नेपालले हङकङसँग दुई दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ भने पाकिस्तान, ओमान र स्थानीय टोलीसँग वान डे म्याच खेल्नेछ । जुन पपुवान्युगिनीसँगको खेलको तयारीका लागि निकै महत्वपूर्ण हुनेछ ।

पहिलो राउन्डमा आयरल्यान्डसँग दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोगिसकेको छ । अब नेपाललाई पपुवान्युगिनीसँगको खेल जित्नै पर्ने दबाब हुनेछ ।

कार्यक्रममा नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले उक्त प्रतियोगिताको तयारीका लागि निकै मिहेनत गरेको बताउनुभयो ।

उहाँले उक्त प्रतियोगिताका लागि क्यानले खेलाडी छनोटमा ढिलाइ गरेकामा दुःख व्यक्त गर्दै कम्तीमा ६÷७ दिनअघि खेलाडी छनोट गरेको भए प्रतियोगिताको तयारीका लागि थप सहयोग मिल्ने भनाइ व्यक्त गर्नुभयो ।

क्यानले सोमबार बेलुका मात्र पारस खड्काको कप्तानीमा १६ सदस्यीय खेलाडीको छनोट गरेको थियो । जसमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन र सागर पुन छन् ।

त्यसैगरी, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, शरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् । छनोट हुने सोव र अहमद भने नयाँ अनुहार हुन् भने नरेश बुढाऐर र मेहबुब आलमले प्रतियोगितामा पुनरागमन गरेका हुन् ।

नेपाली टोलीका कप्तान खड्काले उक्त प्रतियोगितामा विजय हासिल गर्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै टोलीको घोषणा नहुन्जेलसम्म आफू टोलीमा छु÷छैन भन्ने थाहा नै नभएको भनाइ व्यक्त गर्नुभयो ।

प्रतिक्रिया