नयाँ मदिरा उद्योग सञ्चालन अनुमतिका विषयमा अध्ययन सुरु

इनेप्लिज २०७२ कार्तिक १७ गते १२:२१ मा प्रकाशित

काठमाडौँ, १७ कात्तिक । मदिरा उद्योगको अवस्था तथा नयाँ उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा व्यवस्थापिका–संसदको समितिले अध्ययन सुरु गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको मदिरा उद्योग अनुमतिसम्बन्धी उपसमितिले मदिरा उद्योगको वर्तमान अवस्था र तीनका उत्पादनको यथार्थ अवस्था थाहा भएपछि नयाँ उद्योग सञ्चालन अनुमतिका विषयमा निर्णय लिइने छ ।

उपसमितिको आजको बैठकले आयात तथा नयाँ उद्योग सञ्चलनका विषयमा मदिरा उद्योग सङ्घका पदाधिकारीसँग छलफल गरेको छ ।

बैठकमा सहभागी साना तथा मझौला मदिरा उद्योगीले सांसद्लाई वर्तमान अवस्थाको जानकारी गराउनुभएको थियो ।

बैठकमा मदिरा उद्योग सङ्घका पदाधिकारीसँग छलफल गरी आवश्यक सूचना सङ्कलन गरिएको उपसमितिका संयोजक अनन्त पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले सबै सरोकारवाला पक्षसँग छलफल गरेर आगामी दिनमा मदिरा उद्योगसम्बन्धी प्रतिवेदन तयार गर्ने बताउनुभयो ।

प्रतिक्रिया