बुधबार, साउन २० २०७८
काठमाडौं ०६:४२
वासिङटन डिसी 20:57

सुरुङ्गा गोल्डकपः सरस्वती फुटबल क्लब सेमिफाइनलमा

इनेप्लिज २०७२ कार्तिक १५ गते ११:४४ मा प्रकाशित

ss 02

बिर्तामोड, १५ कात्तिक । सरस्वती फुटबल, काठमाण्डौंले जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको छ । सुरुङ्गा मैदानमा आइतबार भएको खेलमा सरस्वतीले एपीएफ काठमाण्डौंलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको हो ।

सरस्वतीका लागि इल्भिस पियर्सले पहिलो हाफको ४०औँ मिनेटमा र दिपेश श्रेष्ठले दोस्रो हाफको ३२औँ मिनेटमा गोल गरेका थिए । एपीएफका लागि भने श्याम नेपालीले खेलको ३३औँ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काए । आजको खेलमा सरस्वती फुटबल क्लबका अफ्रिकन खेलाडी पियर्स म्यान अफ द म्याच घोषित भए । सोमबार चर्च ब्वाइज युनाइटेड काठमाण्डौं र भुटान क्लीयरिङ्ग फुटबल क्लब भुटानबीच प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेल यही १७ र १८ गते हुँदैछ भने फाइनल २० गते हुनेछ ।

प्रतियोगिताको २ लाख ५१ हजार १ सय ११ रुपैयाँ बराबरको प्रथम पुरस्कारको प्रायोजन सहारा नेपाल (साकोस) चारपानेले प्रायोजन गरेको सुरुङ्गा जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया