बेपत्ता नागरिकको सम्झनामा स्तम्भ निर्माण

इनेप्लिज २०७२ कार्तिक १५ गते ६:२८ मा प्रकाशित

रुकुम, १५ कात्तिक । विगत सशस्त्र द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारी हालसम्म अवस्था अज्ञात रहेका रुकुमका १३ जना नागरिकको सम्झनामा स्मृति स्तम्भ निर्माण गरिएको छ ।

नवनिर्मित स्तम्भको अन्तर्राष्ट्रिय बेपत्ता दिवशको सन्दर्भ पारेर शनिबार अनावरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले दश वर्षे द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका सम्झनामा सोसाइटीको हाताभित्र सो स्तम्भ निर्माण गरेको हो ।
कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुले यस्ता स्तम्भ निर्माण गर्दा आफूहरुमा भएको मनोवैज्ञानिक पीडा कम हुने बताएका छन् ।

प्रतिक्रिया