शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:०३
वासिङटन डिसी 11:18

सुरुङ्गा गोल्डकपः कासा ११ सेमिफाइनमा

इनेप्लिज २०७२ कार्तिक १४ गते १२:४६ मा प्रकाशित

ss 4बिर्तामोड, १४ कात्तिक ।  सुरुङ्गामा जारी सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली कनकाई खेलकुद प्रतिष्ठान कासा ११ ले सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको छ । शनिबार भएको खेलमा कासा–११ ले पाहुना टोली कालेम्पुङ्ग फुटबल क्लब भारतलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइलमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलको शुुरुवातदेखि नै निकै आक्रमक रुपमा प्रस्तुत भएको कासा–११ का तर्फबाट पहिलो हाफको ८औं मिनेटमा विकास लिम्बूले पहिलो गोल गरे । त्यस्तै १९औं मिनेटमा अभिषेक राईले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको ९औं मिनेटमा सुनिल विष्टले गोल गर्दै ३–० को गोल अन्तर बनाएका थिए । दोस्रो हाफको २२औं मिनेटमा कनकाई खेलकुद प्रतिष्ठानकै सेसेहाङ्ग आङ्दाम्बेले गोल गरेका थिए ।
प्रतियोगितामा कासा–११ का टिम क्याप्टेन प्रशान्त मगर म्यान अफ द म्याच घोषित भए । खेलमा गोल गर्ने खेलाडीहरुलाई सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्र पोखरेलले २ हजारका दरले पुरस्कार दिएका थिए ।
आइतबार एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाण्डौं बीच प्रतिष्पर्धा हुने खेल संयोजक राजु पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया