आइतबार, साउन १० २०७८
काठमाडौं १४:३९
वासिङटन डिसी 04:54

सुरुङ्गा गोल्डकपमा झापा ११ को विजयी सुरुवात

इनेप्लिज २०७२ कार्तिक १३ गते १२:२१ मा प्रकाशित
ssss 1बिर्तामोड, १३ कात्तिक । सुरुङ्गा जेसीजद्वारा आयोजित सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा रमपम झापा–११ ले आफ्नो विजयी यात्रा शुरु गरेको छ । झापा–११ का तर्फबाट पहिलो हाफको अन्तिम समयमा जर्सी नम्बर २१ का खेलाडी खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णायक गोल बन्यो । कन्दङ्वा म्यान अफ द म्याचसमेत घोषित भए ।
शनिबार हुने खेलमा कालेम्पुङ्ग फुटबल क्लब भारत र कनकाई खेलकुद प्रतिष्ठान (कासा)–११ झापा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
स्थानीय कनकाई उच्च माविको खेलमैदानमा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले समुद्घाटन गरे । प्रमुख अतिथि विष्टले युवाहरुको सृजनात्मकतालाई बढावा दिँदै उनीहरुलाई विकासको बाटोमा लैजानुपर्ने बताएका थिए । विष्टले खेलको माध्यमद्वारा युवाहरुको एकता र परिचालनका लागि भूमिका खेलेकोमा सुरुङ्गा जेसीजलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया