तिहारमा फूलको अभाव हुने

इनेप्लिज २०७२ कार्तिक १३ गते ८:५५ मा प्रकाशित

godawariकाठमाडौँ, १३ कात्तिक । भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री फूललको अभाव हुने देखिएको छ ।

हरेक वर्ष तिहारको लागि भारतबाट फूलल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । पछिल्लो समय स्वदेशी फूलल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत फूल अझैपनि भारतबाटै आयात गर्ने गरिएको छ ।

गत वर्षको तिहारमा रु एक करोड ४० लाख बराबरको सयपत्री फूल भारतबाट आयात गरिएको थियो । नाकाबन्दीका कारण यस वर्ष फूल आयात गन समस्या देखिएको एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । विगतका वर्षमा १५ दिन अगाडि नै तिहारका लागि भारतबाट फूल आयात गरिन्थ्यो । यस वर्ष अहिलेसम्म ल्याउने तयारीसमेत भएको छैन ।

पछिल्लो समय फूलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक रु अढाई करोड बराबरको फूलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत फूलको खपत हुने गरेको छ ।

प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा फूलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका फूलको खेती गर्दै आएका अध्यक्ष गैरेले बताउनुभयो । तिहारमा सयपत्री फूल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ ।

एसोसिएसनका अनुसार फूल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा फूलको कारोबार त्यति राम्रो भएको छैन । काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतका जिल्लामा करिब ३०० प्रजातिका फूलको व्यवसायिक खेती हुँदै आएको छ ।

सयपत्री फूल भारतबाट ल्याउने गरेको भएपनि गोदावरी र मखमली फूल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

प्रतिक्रिया