शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:३०
वासिङटन डिसी 16:45

मोर्चाका कार्यकर्ताले दुईवटा सवारी साधनमा आगजनी

इनेप्लिज २०७२ कार्तिक १३ गते ५:३७ मा प्रकाशित

fire-in-houseमहोत्तरी, १३ कात्तिक । महोत्तरीको सोनमामा मधेसी मोर्चाका कार्यकर्ताले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा लोड गरी गौशाला बजारतर्फ ल्याउँदै गरेको अवस्थामा नम्बर स्पष्ट हुन नसकेका प्लाटिना मोटरसाइकलमा आगजनी गरिएका हुन् ।

रातिको समयमा सो मोटरसाइकलमा ३०० लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले सोनमा बजारमा आगजनी गरेको स्थानीयवासी अमित यादवले जानकारी दिनुभयो ।

मोटरसाइकलको आंशिक भाग जलेकाले नम्बर स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सवारी साधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताउनुभयो ।

त्यस्तै सर्लाहीको गौरीशङ्करमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले ट्र्याक्टरमा आगजनी गरेको छ । आज बिहान ३ बजे गौरीशङ्कर– ९ श्रीनगर र सागरनाथ जङ्गलको बीचमा रहेको स्थानमा मोर्चाका कार्यकर्ताले ज१त ६१८५ नंको ट्र्याक्टरमा आगजनी गरेको हो ।

सीमावर्ती भारतीय बजारबाट ल्याएर सर्लाहीको लालबन्दीतर्फ सो ट्र्याक्टरमा चारवटा ड्रममा डिजेल लैजाँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेको मोर्चाका कार्यकर्ता उपेन्द्रसिंह कुशवाहाले जानकारी दिनुभयो । आगजनीबाट ट्र्याक्टर आंशिक रुपमा जलेको हो ।

अनिश्चिकालीन आमहडतालको समयमा भारतीय बजारबाट पेट्रोलियम पदार्थको तस्करीमा वृद्धि भएको भन्दै त्यस्ता पेट्रोलियम पदार्थ नष्ट गरिएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।

प्रतिक्रिया