हिमाल पहाड मधेस जोड्ने नयाँ राष्ट्रिय गीत सार्वजनिक

इनेप्लिज २०७२ कार्तिक १३ गते २:१४ मा प्रकाशित

Cover

काठमाडौं । नयाँ बनेको सँविधानका कारण आन्दोलनरत मधेस सहित पहाड र हिमाललाई जोड्न नयाँ राष्ट्रिय गीत सार्वजनिक गरिएको छ । हिमाल पहाड तराई मेची महाकाली, एउटाको भर अर्कालाई हुन्छौ सारा नेपाली…बोलको राष्ट्रिय गीतको भिडियोलाई सामाजिक सञ्जाल यु ट्युव मार्फत सार्वजनिक गरिएको हो । जुगल डँगोलको सँगीत तथा डब्बु क्षत्रीको रचना रहेको यो गीतमा सञ्चारकर्मी पारश नेपाल र केन्जुमा सुब्बाको स्वर रहेको छ । गीतको भिडियोको निर्देशनमा क्षत्री आफैंले गरेका हुन् । नयाँ नेपालको ७ ओटै प्रदेशको सँस्कृति तथा नाचलाई यो भिडियोमा समेटिएको छ । यसमा चण्डि, मारुनी, तामाङ सेलो, टप्पा, मैथिली, नेवारी, शेर्पा, भोजपुरी, कौडा, हुड्केली जस्ता विभिन्न नृत्य समेटिएको छ । हिमाल, पहाड र मधेसको सँस्कृति, भेसभुसा तथा भूमिलाई पनि म्युजिक भिडियोमा समेटिएको छ । भिडियोको कोरियोग्राफी प्रदीप हमालले गरेका हुन् । गोकुल अधिकारी र रामेश्वर हुमागाईले खिचेको यो गीतको भिडियोको सम्पादन किरण अधिकारीले गरेका हुन् । मिस लिटिल वल्र्ड–२०१५मा मिस लिटिल वल्र्ड ट्यालेन्टको उपाधि जितेकी ललितपुरकी मेघिका काप्री सहित अभिनेता अभिनेत्री नविन लम्साल, रुपा खनाल, पनाह अधिकारी, अस्मिता बस्नेत, भूपेन्द्र खड्का, सरोज कुमार मैनाली लगायतले अभिनय गरेका छन् । समसामयिक परिवेशलाई मध्यनजन राखेर हिमाल, पहाड र तराई एक हुनुपर्छ भन्ने सन्देश दिन यो गीत र भिडियो तयार गरेको रचनाकार तथा निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

प्रतिक्रिया